8 Jestha, 2075 | 22 May, 2018 Tuesday

तितोपाटी डट कम - प्रवासबाट उदय भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा वाहवाही कमाउन सफल भएका लोकपप गायक डिबि लोप्चनको नया एल्वम "कोशिष" को "चञ्चले नानी" बोलको गीतको म्यूजिक भिडियो म्युजिक नेपाल मार्फत बजारमा अाएको छ ।

अाफ्नै शव्द रचना तथा गायक डिबि लोप्चन र गायिका ईन्दिरा जोशीको स्वरमा शिव 4s मिडिया प्रालीको प्रस्तुतिमा  “चञ्चले नानी” नामक गीत हालै मात्र बजारमा आएको हो।


 नायक दिलीप रायमाझी र नायिका सुष्मा कार्कीको दमदार अभिनय रहेको “चञ्चले नानी” बोलको गीतको म्युजिक भिडियोलार्इ बि बि अनुरागीले संगित भरेका हुन भने शिब बिकको निर्देशन र रविन बिकको सम्पादन गरेका हुन ।


म्युजिक नेपाल प्रालीको अफिसियल युटुब च्यानल मार्फत केहिदिन अघि मात्र सार्वजनिक गरीएको उक्त म्युजिक भिडियो शम्भु चालिसेले छायंकन गरेका हुन भने एकताकाका चकलेटी नायक दिलिप रायमाझी र हट नायिका सुश्मा कार्कीको आकर्षक नृत्य तथा गायक-गायिकाको मिठो गाउने शैलीको कारण पनि उक्त म्युजिक भिडियोले बजार तताउने निश्चित छ ।