8 Jestha, 2075 | 22 May, 2018 Tuesday

तितोपाटी डट कम - सुचना प्रविधि विज्ञ एवं अनुसन्धानविद् डा. महावीर पुन जापानमा पुरस्कृत भएका छन् ।

पुनलाई ‘वर्ल्ड टेलिकम्युनिकेशन तथा  ईन्फर्मेशनसोसाईटी डे’को अवशरमा  विहिबार अन्तराष्ट्रीय  टेलिकम्युनिकेशन युनियन जापानको आयोजनामा  टोकियोमा भएको ग्लोबल  समिटमा पुरस्कृत गरिएको  हो । पुन, नेपालमा कम्युनिकेशनको क्षेत्रमा नयॉ खोज एवं सफलतापूर्वक उपलब्धिहरु हासिल गरेको भन्दै ITU-Aj award द्दारा सम्मानित भएका हुन् ।

उनि यसअघि पनि, नेपालको ग्रामिण क्षेत्रमा ईन्टरनेटको विस्तार र दुर्गम क्षेत्रमा प्रविधिको माध्यमबाट विकास एवं स्थानिय मानिसहरुको जिवनस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरी दक्षिण एसियाको नोबेल पुरस्कार मानिने म्याग्सेसे लगायत अन्य थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरुद्वारा सम्मानित  भईसकेका छन् ।