8 Jestha, 2075 | 22 May, 2018 Tuesday
तितोपाटी डट कम - एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले बालुवाटारमा सामुहिक सपथ लिएका छन् ।

केन्द्रिय नेताहरूले सबैले एकसाथ सपथ लिएका हुन् । त्यसअघि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकाअर्कालाई सपथ गराएका थिए ।

बैठकले एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता देव गुरुङलाई ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्न निर्वाचन आयोग पठाएको छ ।  

बैठकले हाइकमाण्ड गठन गरेको हो । स्रोतकाअनुसार नारायणकाजी श्रेष्ठलाई प्रवक्ता तोकिएको छ भने विष्णु पौडेल महासचिव बनेका छन् ।

नया पार्टीको हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् । त्यसपछिको वरियतामा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् ।

श्रेष्ठलाई पार्टीका निर्णयहरु जानकारी गराउने र पौडेलले संगठनको काम गर्ने जिम्मेवारी दिइएको छ ।

एकीकृत पार्टीको स्थायी कमिटी ४५ सदस्यीय हुनेछ, जसमा एमालेबाट २६ र माओवादीबाट १९ नेता हुनेछन् । यस्तै ४४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता राख्ने सहमति भएको छ ।

बैठकले एमाले र माओवादी केन्द्रको नाममा रहेका सबै सम्पत्ति नयाँ पार्टीमा सर्ने निर्णय भएको छ ।

बैठकले दुई पार्टीको सम्पत्ति नेकपाका नाममा सार्ने निर्णय पनि गरेको छ । 

दुई पार्टीको छिट्टै केन्द्रीय कमिटीको बैठक बलाइनेछ , पार्टीको राष्ट्रियसभागृहमा केहिबेरमा घोषणा गरिँदैछ ।