9 Jestha, 2075 | 23 May, 2018 Wednesday


वरिष्ठ संगीतकार एंव चर्चित गायक बिबि अनुरागीको विशेष प्रस्तुतिमा अल्डरसटमा एक भव्य सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । श्रृजनशिल नेपाली समाज युकेको अल्डरसटको एम्पायर हलमा हुन गइरहेको यो कार्यक्रम ‘बिबि अनुरागी ग्रान्ड म्युजिकल नाईट इन दि युके’ नाम दिइएको छ ।

सुरिलो आवाज, गला र कलाका धनी अत्यन्त सरल स्वभाव, मेहनती र संगीतका अग्रज अनुरागीले धौलागिरी सांस्कृतिक संगम बाग्लुङ, परिवेश व्याण्ड पोखरा, रेडियो नेपाल हुदै सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् । सांगीतिक माहोलमा हुर्केका अनुरागी बांसुरी, सारङ्गी, किबोर्ड बजाउदै उत्कृष्ट संगीत कम्पोजर बनेका हुन् ।

श्रृजनशिल नेपाली समाज युकेको दसौं वार्षिकोत्सवको अवसरमा विशेष अतिथीको रुपमा बेलायत आएका नेपालका चर्चित संगीतकार तथा गायक अनुरागीले थुप्रै गीतमा संगीत भरेका छन् भने कैयौं चर्चित गीतहरुमा आफ्नो आवाज दिएका छन् ।



थुप्रै चलचित्रमा समेत संगीत भरिसकेका अनुरागीको स्वरमा पनि अत्यन्त मिठास छ । उनकै गीत संगीतले भरिने ग्रान्ड म्युजिकल नाईटमा सहभागी भइदिनका लागि बेलायतमा बसोबास गर्ने सम्पूर्ण संगीतप्रेमी नेपालीहरुका साथै विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधीहरुलाई श्रृजनशिल नेपाली समाज युके तथा अध्यक्ष धन बहादुर सार्कीले आग्रह गरेका छन् ।


गला र कलाका धनी संगीतकार अनुरागी  प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोका प्रबन्ध निर्देशन समेत हुन