9 Jestha, 2075 | 23 May, 2018 Wednesday
तितोपाटी डट कम -       जिफन्ट सपोर्ट ग्रुप कुवैत दोस्रो अधिवेसनको २५ में २०१८ मा जिलिबको पपिन हलमा मध्यान्ह १२ बजेबाट हुने जिफन्ट सपोर्ट ग्रुप कुवैतका अध्यक्ष अर्जुन बस्नेत ‘उदासी’ ले तितोपाटी डट.कमलाई जानकारी गराए । 

    त्यसैगरी जिफन्ट सपोर्ट ग्रुप कुवैतले गर्न लागेको सो कार्यक्रमलाई मिडिया मार्फत प्रचार-प्रसार गरी कुवैतमा रहेका श्रमिकहरुलाई भब्य रुपमा उपस्थिती गराउन मिडियाको महत्वपूर्ण भूमिका रहेको हुनाले कुवैत स्थित मिडियाहरुलाई  महासचिव गणेश रावतले अनुरोध गरेका छन् ।  

    कुवैतमा कार्यरत सम्पूर्ण श्रमिक. आमाबुवा. दाजुभाई. दिदीबहिनीहरु, संघ-संस्था, भद्र-भलाद्मी, उद्योगी, ब्यापारी, बुद्धिजीवि, खेलाडी, कलाकार, पत्रकार सबैको गरिमामय उपस्थिति जनाउन अनुरोध गरेका छन् । आफुले भोगेका र देखेको समस्याहरु र त्यसका निरकरणमा जिफन्टले खेल्न पर्ने भूमिकाहरुको बारेमा सुझाव समेत दिनु हुन हार्दिक निमन्त्रणा गर्दछ । 
    नेपाल ट्रेड यूनियन महासंघ GEFONT को शाखा जिफन्ट सपोर्ट ग्रुप कुवैतको विधिवत गठन भएको पहिलो कार्यकालको २ बर्ष यसै मे महिनाको २० तारिकबाट समाप्त हुँदैछ। २१ मे २०१६ मा अर्जुन बहादुर बस्नेतको अध्यक्षतामा निर्वाचित समितीले जहाँ श्रमिक त्यहाँ जिफन्ट भन्ने केन्द्रिय मुल विधानमा टेकेर कुवैतमा कार्यरत नेपाली श्रमिकहरुका हक अधिकार तथा समस्याहरुलाई यथासक्य निराकरण गर्ने क्रममा दूतावास, कुवैतमा अप्रवासी हेर्ने श्रमिक निकाय र जिफन्ट केन्द्रिय कार्यालय हुँदै, नेपाल सरकारको श्रम मन्त्रालय घच्घच्याउन सहयोगी भूमिका निर्वाह गर्ने काम गर्दै आएकोछ। । साथै कुवैतमा रहेका सबै संघ-संस्थाहरुसँग सहकार्य गर्दै नेपाली श्रमिकहरुका राय सल्लाह, समस्या र सुझावहरु संकलन गरी बेला बखत दूतावाससँग समेत परामर्श गर्दै आएको छ। 

कार्यक्रम स्थान : पपिन हल जिलीब
कार्यक्रम मिति: २५/५/२०१८ शुक्रबार
कार्यक्रम समयः १२ बजे मध्यान्हबाट
महासचिव - गणेश रावत
जिफन्ट सपोर्ट ग्रुप कुवैत