9 Jestha, 2075 | 23 May, 2018 Wednesday
कविताः मनलार्इ सोध
2018-05-16 | कोसेलीन्यूज
मनलाई सोध

- बिमला पण्डित

तिमी आफ्नै मन लाई सोधेर हेर गलत कामको फल ।
तिमी आफ्नै जीवनलाई सोचेर हेर बुद्दी ठुलो कि बल ।।

सही र गलत त तिमी छुट्ट्याउन सक्छौ 
तर आफ्नो फाइदाको लागी आखा चिम्लेर गलत गर्छौ ।

हो मनोबाद  रुपी मनलाई एकान्तमा सोध ।
हो एउटा प्रश्न रुपी गुरु र जवाफ दिने चेला तिमी भित्रै छ 
भो दुनियालाई नसोध ।

यहाँ शंकाको भरमा हल्ला गर्छन् 
वास्तबिक्तालाई नबुझी डेरा सर्छन ।।

तिमीलाई बिगार्न फुर्काएर उचालेको  तिमी पत्तो पाउन्नौ 
जब रुखमा चढाएर फेदमा खसाल्छन  
त्यो बेला पत्कर झै कुहीएर झर्छौ ।

यो सबै सोचेर हेर तिमी आफ्नै मनलाई सोधेर हेर ।
तिमी भित्र नै एक मास्टर माइन्ड छ नी होइन र ?
उस्कै नाम हो मनोबाद 

हो तिमी आफ्नै मनलाई सोधेर हेर कुन ठिक  कि बेठिक 
हो तिमी आफ्नै मन सँग सोचेर हेर  !
जीवनका घुम्ती कती घुमाउरो छ 
कतै उकालो त कतै ओरालो 
आफुलाई नियन्त्रणमा राख्ने मन तिमी सँग नै छ 
किन गर्छौ पिरलो ?
मलाई नसोध पहिला त्यो तिम्रो मनलाई सोध ।