9 Jestha, 2075 | 23 May, 2018 Wednesday

तीतोपाटी डट कम- अर्घाखाँची जिल्लाको भूमिकास्थान वार्ड नम्बर - निवासी खिमराज बेल्बासेको छोरा वर्ष का बिसेश बेल्वासेको मुखमा खटिरा आँखाबाट किरा निस्किने रोगले पीडित रहेकोले उक्त बिसेश बेल्वासेलाई बचाउन सगरमाथा परोपकारी समाज कुवेतले १५ दिने अभियान चलाउने भएको छ।


'' हामी युवाहरूको सोचाई समाज सेवानै पहिलो रोजाई'' भन्ने मुल नाराका साथ स्थापना उक्त संस्थाले स्थापना काल देखीनै बिभिन्न प्रकारको समस्यमा पर्दै आएका पीड़ितहरूलाई सहयोग लगायत बिभिन्न संघ संस्थासँग हाते मालो गर्दै आएको उक्त पीड़ित बाबुलाई पनि सहयोग गरीदिनु हुन  कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनीहरूलाई, संस्थाका महा- सचिव किरण तामांगले आह्वान गरेका छन


हालै बिभिन्न संचार मध्यमहरू मार्फ़त पत्ता लागेको पीड़ित बालक हाल भरतपुर क्यान्सर हस्पिटलमा रहेका छन। 

डक्टरहरुले अप्रेसन गर्नुपर्छ भनेपछि अप्रेसन गर्दा ६०/७० हजार खर्च लाग्ने तर आफुसँग उक्त रकम नभएको पीडितका बुबाले बताएका छन।


पीडितका बुवा पनि बिमारी भएर किड्नी खराब भएको थियो   केही महिना अघि मात्रै आफन्त साथी भाइसँग जसो तसो गरेर २०/२२ लाख खर्च गरी अहिले स्वास्थ्य रहेका छन् भने छोराको त्यो पीडा सहन नसक्ने अवस्था भएपछि सहयोग गर्नको लागि विभिन्न संचार माध्यम मार्फ़त सहयोग गर्न अनुरोध गरेका छन।


सहयोग गर्न इच्छुक जो कोहिले पनि यस नम्बरमा सम्पर्क गर्नु होला


बसन्त थापा- ५१५१७४६५

किरण तामांग- ५१२०८९५३