9 Jestha, 2075 | 23 May, 2018 Wednesday
तीतोपाटी डट कम- "एकता नै हाम्रो चाहाना, सेवा नै हाम्रो धर्म हो " भन्ने मुल नाराका साथ सन् 2015 मा स्थापना भएको नेपाली जन एकता सेवा समाज कुवेतले आफ्नो तेस्रो वर्ष पुरा गरेको छ।यसै अवसर पारेर वार्षिक उत्सवमा संस्कृतिक कार्यक्रम तथा नेपाली पन्चेबाजाका साथ भब्य कार्यक्रम गर्ने भएको छ।

उक्त कार्यक्रम संस्कृतिक तथा सन्देश मुलक हुने भएको हुदाँ कुवेतमा कृयाशिल विभिन्न संघ संस्थाका प्रतिनिधि,राजनीतीक पार्टी, बुद्धि-जिवी,समाजसेवी, पत्रकार, कलाकार, खेलाडी तथा सम्पूर्ण नेपाली जन समुदायलाई कार्यक्रमा उपस्थित भईदिनु हुन संस्थाका महासचिव डि.बि भुसालले अनुरोध गरेका छन।

उक्त दिन कुनै पनि कार्यक्रम नजुधाउन कुवेतमा रहेका सबै संघ-संस्थाहरुलाई आयोजकले अनुरोध समेत गरेको छ।

कार्यक्रम हुने दिन : ईदको दिन 
स्थान: यूनिक आडिटोरियम हल फर्वानिया (अलहैतम रेस्टुरेन्टको पछाडि)
समय: बिहान ठिक 10 बजे 
सम्पर्क नं: 50119703/ 97224908