9 Jestha, 2075 | 23 May, 2018 Wednesday

तीतोपाटी डट कम- सुदुरपश्चिमेली नेपाली समाज कुवेत द्वारा बाजुरा जिल्ला बुढी गंगा नगर पालिका- ब्राह्मतोला मलातिमा ४० लाखको धनराशीमा बन्न लागेको अनाथ बालबालिका आवस गृहका लागि आन्तरिक रुपमा आर्थिक सहयोग संकलन सुरु गरेको छ। उक्त आर्थिक सहयोग संकलन समाजका बरिष्ठ-उपाध्यक्ष भिमरावतको संयोजकत्वमा समाजका सबै सदस्य समिति रहने गरि आन्तरिक रुपमा आर्थिक सहयोग संकलन गर्ने गरि संस्थाको मासिक बैठको दिन देखि नै सहयोग आह्वान गरिएको जानकारी समाजका महा-सचिब मान . बलायरले जानकारि दिएका छन।


 महा सचिब बलायरले भने  "हामीहरु  अहिले धेरै आर्थिक भारमा भए पनि सेवा नै धर्म हो " भन्ने उद्श्यले हामिहरुबाट हुन सक्ने सक्दो सहयोगको लागि सदैब तमतयार रहेको बताएका छन।बलायरका अनुसार सुदुरपश्चिमेली नेपाली समाज कुवेतले स्थापनाकाल देखि अहिलेसम्म समाजिक मानविय कार्यमा धेरै सहयोग गरिसकेको सबै मिडिया नेपाली समाजलाइ अवगत नै छ।त्यसै शिलशिलामा सुदुरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समिति द्वारा बझाङ दार्चुला जिल्लामा जेठ- गते देखि १० गतेसम्म महिलाको पाठेघर समबन्धि स्वास्थ्य शिविर संचालनलाई पनि यस समाजले संस्थाको आर्थिक कोषबाट आर्थिक सहयोग गर्ने भएको छ।


तसर्थ कान्छा समाजिक अभियन्ता केपी खनालको यो अनाथ बालबालिका आवास गृह बनाउने अभियान विभिन्न मिडिया सामाजिक संञ्जालबाट हामीहरुले जानकारी पाए लगत्तै समाजका सकृय सदस्य हिक्मत रोकाया १७ हाजार शिद्ध भण्डारी १० हजार रुपैया पठाइसकेको छ।त्यसैले यस सुदुरपश्चिमेली समाज कुवेतको आन्तरिक आर्थिक सहयोग संकलन अर्को महिनाको मासिक बैठकसम्म संकलन गरिने उक्त दिन केपी खनालको खातामा पठाइने छ।

कुवेतमा केपी खनाल अभियानलाई सहयोग गरिदिन सबै सहयोगी मनहरुमा समाजले हार्दिक अनुरोध गरेको


सहयोगको लागि:

 सम्पर्क: ६५८५५४४० महा-सचिब  (FNSK)

सम्पर्क : 55020561 बरिष्ठ उपाध्यक्ष ( FNSK)