9 Jestha, 2075 | 23 May, 2018 Wednesday
~ गजल ~
2018-05-13 | केदार नाथ खरेल

आमा तिमीले छोडे देखि माम पाएको छैन।
जथाभावी हेपेर डाक्छन नाम पाएको छैन।

काम माग्दै हिँड्नु पर्छ पढ्ने लेख्ने उमेरमा।
पत्याउँदैन नि सानो देखेर काम पाएको छैन।

रुँदा रुँदै भोकै सुत्छु दया गर्ने छैन  कोहि।
मेरो बाल मस्तिष्कले आराम पाएको छैन।

चोर्न, ढाँट्न, छल्न न त मागी हिँड्न सकें।
दूधभात किनी खान मैले दाम पाएको छैन।

स्वर्ग बसेको हुन्छ भन्छ आमाको काखमा।
म टुहुरोलाई के थाहा त्यो धाम पाएको छैन।

के नै पाप गरें मैले टुहुरो बनायौ दैब मलाई।
अंधकार भो मेरो जीवन घाम पाएको छैन।

राज श्रेष्ठ 
हेटौंडा - १५, मकवानपुर 
हाल - कुवेत।