9 Jestha, 2075 | 23 May, 2018 Wednesday
गजल- आफ्नै ब्यथा
2018-05-13 | केदार नाथ खरेल

ढाडको रोगी छु गरि खान सक्दैन पहिले जस्तो।

हट्टाकट्टा तन्दुरुस्त यो ज्यान छैन पहिले जस्तो।


उपचार नि भाकै हो तापनि कटकट जिउ खान्छ ।
म सोचिरन्छु मेरो ज्यान किन भैन पहिले जस्तो।


मैले कसो गरी पाल्ने होला मेरो घर परिवार।
रातदिन यै पिरले छैन् मन्मा चैन पहिले जस्तो ।


कोहि कोहि आफै सकिएर पनि धपक्क देखिन्छन् ।
हो देख्न सक्छौ बलेपछि हुन्न मैन पहिले जस्तो।


एस पि माथवर
दाङ
२०७३/चैत्र /३/ शुक्रबार १ बजे राति