9 Jestha, 2075 | 23 May, 2018 Wednesday
जिन्दगी त हो
2018-05-10 | तीतोपाटी डट कम

तीतोपाटी डट कम- केहि रमाइला केही नरमाइला,

केहि सम्झन लायक केही बिर्सन लायक पलहरु  हुन्छ्न । यस्ता कयौं पलहरुमा कयौं मान्छे संग भेटघाट हुन्छ,कयौं सङ चिनजान हुन्छ, कयौं सङ सम्बन्ध गासिन्छ भने कयौं सङ बिछोड यस्तै पलहरुको बिचमा क्षेणिक माया लिएर आकि मेरि उनी 

"सुस्मा

आहा नाम नै काफी थियो उन्को तारिफको लागि सुस्मा अर्थात्  अत्याधिक सुन्दर ,सुन्दरताले भरिपुर्ण मन तब आकर्षित भयो जब पहिलो पटक मैले उनलाइ देखे त्यो नि कलेज ड्रेसमा अनि  मेरै कलेजमा !सेतो सर्ट ,कालो पाइन्ट , ओठमा रातो  लिपिस्टिक , हल्का हल्का रङ्गाइएको त्यो रातो रातो केश !वाह!! क्या दामी सुहाएको थियो। राम्री कति थिन थिन उनी बस मलाइ तारिफ गर्न मात्र आएन !

कति भाग्यमानी होला त्यो गाजल जो उन्को आँखामा रङिन पुगेको थियो, कति शक्तिशाली होला त्यो लिपिस्टिक जस्ले मलाइ गिज्याइ  उन्को ओठलाई स्पर्स गरिरहेको थियो।

यसरी उनिप्रतिको नशालु नजर त्यही लज्जित बनाउदै क्लास तर्फ छिर्न बाध्य भए ,सरले आफुतिर ध्यानाकर्षण गर्न कयौ प्रयास गर्दा पनि उनी मेरो नशालु नजरबाट हटिनन, मेरै आखाको पर्दा अगाडि छर्लङ्ग आइरहिन यसरि उन्को तस्वीर सम्झिदा सम्झिदा कति छिटो समय बित्यो पत्तै भएन घण्टौ सम्म पढाइरको जस्तो हुने ती विषयहरु आज कति छिटो सकियो सरको त्यो बोरिङ लेक्चर कति छिटो सकियो केही पत्तै भएन ! यसरी उन्को तस्बिर मनको एउटा कुनामा सुचित गर्दै त्यो दिन पनि कति छिटो नै बितिहाल्यो यसरी अरु दिनको सुरुवात पनि उनकै कल्पनामा हुन थाले !!दिनबित्दै गए एकदिन उनको Facebook ID पत्ता लगाउन पुगे , सुस्मा नै रहेछ FaceBook ID पनि, हुन नि कस्ले आफ्नो यस्तो राम्रो नाम बिगारी बिगारी नानाथरी राख्थ्यो ?


मन थियो सिधै मनकि रानीको request गर्ने तर बिड्म्बना जुके दाइले तेस्तो मिल्ने बनाका थिएनन् , मन नलागी नलागी Friend Request पठाउन बाध्य भए ! 

अनि केही समय पछि अनलाइन आउदा Sushma acept your friend request भन्ने notification ले मन कति खुसी भयो सिमा नै रहेन ! अनि मैले म्यासेज बक्स खोले हतार हतारमा Hi लेखी म्यासेज पठाए, उता बाट पनि छिटै रिप्लाई आयो अनि हल्का हल्का गर्दै कुरा गर्न लागेउ !उन्ले मेरो nickname बिक्कु राख्देकी थिन !

त्यो नाम मलाइ एकदम मन परेको थियो !नपरोस नि कसरी उन्ले राख्देकि थिन !!केही दिनहरु यति खास लाग्न थाले मानौ ती दिनहरु मैले चाहेर पनि भुल्न सक्दैन्थे यसरी हाम्रो कुराहरु धेरै हुन लागे उनको Good Morning good night म्यासेज नआउन सम्म  बिहानीको कुनै अर्थ लाग्दैन्थ्यो   रात्री निन्द्राको पनि यसरी दिन बित्दै गए हाम्रो कुरा निरन्तर रहिरहयो तर बिडम्बना के थियो भने हामी भेटहुदा एकअर्कालाइ देख्दा भने बोल्दैनथेउ उनले बोलाउथिन मा बोलाउने हिम्मत थियो बस यसरी एकअर्कालाई हेराहेर गर्दै उनिसङ नबोलि दिनहरु घट्दै थिए !


एकदिन बिहान कलेज जादा उन्लाइ बाटो मा देखे साथीहरु सङ थिइन ,Hi सन्चै छौ भने अनि उन्को सन्चै छु भन्ने आवाज उन्को मुखबाट निस्केको पहिलो आवाज थियो मेरो लागि यसरी उनको आवाज गुन्जिरहेको थियो मेरो कानमा उन्को आवाज सङै को हिडाइले कति छिटो कलेज पुगे पत्तै भएन कलेज पुगि सके पछि फेरि उन्लाइ हेरेर अनि क्लासमा छिरे !


यस्तै क्रियाकलाप गर्दै ,भावनाहरु खेलाउदै , उनि सङ म्यासेजमा मात्र कुरा गर्दै दिनहरु घट्दै गए

एक दिनको कुरा हो जब कलेज पुगि सकेको थिए उनी अलि बेर आइनन मैले गेटतिरै हेरेर बसेको थिए ,केही बेर पछि एउटा विद्यार्थीको हुल पछि उन्लाइ भित्र प्रवेश गर्दै गरेको देखे 

""अति नै स्टाइलिस देखिएकि थिईन "मेरि उनी "सधै भन्दा भिन्न ड्रेस ,सेतो टि-सर्ट कालो जिन्स पाइन्ट, गोरो अनुहार, ओठमा रातो लिपिस्टिक अनि कानमा टलक्क टल्किने मुन्द्री (जुलि)साँच्चै कम्बिनेसन आकर्षक थियो।


उनलाइ हेरिरहु जस्तो हुन्थ्यो एकछिन तेतिकैमा सर आउनु भयो अनि मन नलाइ नलाइ क्लासमा छिरे उनि प्रतिको माया बढ्दै गयो भेटमा कुरा गर्न सके माया प्रस्ताव नै राख्न सके उनी अनलाइन नहुदा उन्का पुराना म्यासेज हेरेर मनलाइ खुसी तुल्याउथे उनको प्रोफाइल नि कति पटक नियाल्ने गर्थे !अनि हेर्थे कतै single status बाट relationship मा पुगेको छैन यदि उनको प्रोफाइल हेर्दैमा views बढ्ने भए सायद आज सम्म billions views  पुग्थे होला , सग DSLR नै थियो Bike नै, उनलाई घुमाउन अौकात थियो, थियो केबल यो अबोध गरिब मनले गरेको माया मेरो जिन्दगिमा सबैभन्दा किम्ती सास जत्तिकै खास बनेकी थिन "मेरि उनी

आफुलाई माया गर्ने मान्छे पाउन त्यति गाह्रो हुदैन यहाँ जति आफुले माया गरेको मान्छे पाउन गाह्रो हुन्छ  उन्ले म्यासेज मा के भनेर सोध्थिन मैले तिमिलाइ धेरै माया भन्थे


च्याटहरूमा यसरी नै जित्थेँ। उनी सजिलै हार्थिन्। दुर्भाग्यवश बिरामी परेँ। हिँड्न नसक्ने भएँ। उनी भेट्न आइन्, सन्चो बिसन्चो सोधिन्। 

धेरै समयपछि अलिअलि हिँड्न सक्ने भएँ। जिन्दगी फेरि घिस्रिन थाल्यो। फेसबुक खोलेँ। एउटा केटासँग अँगालो मारेकि उनको फोटोको क्याप्सन थियो,' तस्वीर आफैँ बोल्छ।' उनको तस्वीर बोल्दा मेरो बोली बन्द भएको थियो। धेरै नै पछि च्याटमा आएँ। उनी अनलाइन नै थिइन्। 

उनी बोलिनन्। मैले नै बोलाएँ। उनी पहिलेजस्ती लागिनन्। निकै अड्कलेर बोल्ने भइछन्  बिरामी भएँ, रोगी भएँ। तिमी के सोच्छौ मेरो बारेमा यस्तो बेलामा भन्नु हुने हो कि हैन। आई एम सरी। अहिले नै यस्तो रोगी हुनुभो। परिवारलाई पनि भन्न सक्दिन अब त। -आफ्नो बाटो रोजौँ ल।'मलाइ छोडेर अर्कैलाइ अपनाउदै छौ, होस गर है,, सबै जस्तो निस्वार्थ मायालु हुदैनन उन्लाइ यतिमात्र भने आज पहिलोचोटि उनले हराइन् मलाई मेरा मौनताहरूले धेरै कुरा बोलिरहे तर पनि उनी 'बोल्नु प्लिज' भनिरहिन्। बोलिनँ। किन बोल्नु उनकै तस्वीर बोलेको थियो हिँड्न नसक्ने हिँड्न थालेको थिएँ। तर उनले यात्रामा एक्लै पारेर गइन्। बल्लबल्ल जुटाएको हिम्मत तोड्न लागिपरेकि थिइन्! आज अन्लाईन भएर पनि मेसेज सिन गरेर छोड्छ नबोली बस्न सक्दिन बोलौ उसलाई बोलिरहन मन लाग्दैन मौन छु किनकी मैले मनको भावलाई अभिव्यक्त गर्नु पुर्व नै श्रद्धाञ्जली दिन थाले सायद उन्को Contact List Facebook Meessenger मात्रै सिमित थिए

सबैलाई सम्झाउन सक्छु जस्तो लाग्थ्यो मलाई , बिल्कुल गलत रहेछु मैले उसैलाई सम्झाउन सकिन जस्लाइ मैले मेरो दिल पुरै दिएको थिए के भयो किन निरास स्टाटस?' च्याटमा अर्कि साथिले सोधिन सबै कुरा भन्दिएँ। 


'छाड्दिनुस्। यत्ति बुझ्नुस् जे हुन्छ राम्रैका लागी हुन्छ। जिन्दगीमा टाँसिएका फोहोरहरू दुखले बगायो भन्ठान्नुस्'

हाँसेँ, तपाईँको हाँसो मीठो छ। तपाईँ अरूलाई हँसाउने, हौसला दिने मान्छे। कृपया कहिल्यै नटुट्नुस है उन्ले भनिन्

एउटि चुलबुले, आधुनिक केटि फुत्त आएर मेरो मनभरि प्रेमको रंग दलेर गायब भएकि थिई। यो कस्तो स्वार्थी प्रेम थियो। मैले प्रेम गर्छु भनेर भन्न पाएँ मैले सँगै जिन्दगी जिउँछु भन्ने हिम्मत गर्न सकेँ। रंगरूप सक्षमता हेरेर गरिने आजभोलीको कारोबारलाई पनि प्रेम भनिँदो रैछ।


बिकास पन्थी- अर्घाखाँचि 

हाल- बुटवल