9 Jestha, 2075 | 23 May, 2018 Wednesday
हरि कृष्ण न्यौपाने - श्रीमान रोजगारीका लागि साउदी अरब गएको १ माहिनामै बिरामी भई अस्पातल भर्ना भएकी र हाल दुबैं मृगौंलाले काम नगर्ने भएकी संखुवासभा सभापोखरी गाउपालिका-६ कि कबिता बिकको लागि देश-बिदेशबाट सहयोगको अपिल भईरहेकोमा कुवेतबाट पनि सहयोग अभियान सन्चालन हुने भएको छ।
 
तीतोपाटी डटकम संगकुरा गर्दै कुवेतका सामाजिक अभियान्ता तथा मनकामना मिडियाका बिजय लामाले भने" त्यही श्रीमती र भर्खर जन्मिएको बच्चाको पालन पोषणका लागि साउदी गएका कबिताको श्रीमान बिजय बिक श्रीमती सिकिस्त बिरामी भए पछी रोइकराइ गरेर घर फर्किए।पैसा कमाएर श्रीमतीलाई दिनु त कता-काता आफ्नो मृगौंला पनि श्रीमतीलाई दिन मिलेन बिजयलाई।

ऋण काडेर साउदी गएका बिजय गएको एक महिनामै घर फर्किए अनी श्रीमतीलाई उपचारका लागि भारत गए।तर त्यहा पनि उपचार हुन नसके पछी हाल उनी दुबै मृगौंलाले काम नगरेर सिकिस्त भएकी  श्रीमतीको बिपी मेमोरियल अस्पातल धरानमा मृगौंला डाइलोसिसको उपचार गराइ रहेका छन।"लामाले थपे"उसै त गरीब परिवार झन रिण माथी रिण थुपरिएका कबिता बिकको परिवारलाई अन्य देशबाट पनि सहयोग उठाउन थालिएको छ।कुवेतबाट पनि सबै सामाजिक ब्यक्तित्वहरु, नेपाली संघ-संस्थाहरु र सहयोगी भाबना भएका ब्यक्तीहरुलाई पीडित कबिता बिकको लागि उपचार खर्च स्वरुप सहयोगका लागि आबहान गर्दछु।"
 
दुबै मृगौंलाले काम नगरेकी कबिता बिकलाई सहयोग गर्न वा अन्य जानकारीका लागि निम्न संपर्क नंमा संपर्क गर्नु होला।
 
बिजय लामा-६५१२७९५४ (कुवेत-जिलिब)