8 Jestha, 2075 | 22 May, 2018 Tuesday

तितोपाटी डट कम - २ महिना अघि साउदी अाएका २६ जना नेपाली कामदार साउदीको सडकमा अलपत्र  परेका छन् । उनीहरूलार्इ नेपालको मेनपावर कम्पनीले झुक्याएर नक्कली सम्झाैता पत्रमा हस्ताक्षर गरार्इ किचन हेल्पर भनेर पठाइएकोमा सम्झाैता पत्र बमोजिमको काम नभर्इ कन्ट्रक्सन कम्पनीमा काम लगाइए पछि कामदारहरूले काम गर्न नमान्दा कम्पनीले क्याम्पबाट निकाली दिए पछि उनीहरूको सडकमा बास भएको हो । 


काठमाडौमा रहेको मोन्टेज मेनपावर प्रालिले प्रतिब्यक्ति १ लाख ५० हजार सम्म असुल गरि किचेन हेल्पर कामका लागि भन्दै दुई महिना अघि साउदी अरबको जेद्दा पठाइएका उनिहरु त्यहाँ पुगे पछी सम्झौता अनुसारको काम नपाउदा बिचल्लीमा परेका हुन ।

सुरुमा जेद्दा स्थित एक कन्स्ट्रक्सन कम्पनीमा काम लगाइएको भए पनि उनीहरु मध्य केहि बिरामी परेपछि काम गर्न नसक्ने बताउदा कम्पनीले होस्टेल बाट समेत निकाले पछी उनीहरु सडकमा बास बस्न बाध्य भएको बुझिएको छ ।

अलपत्र अबस्थामा सडकमा भेटिएका पीडितहरुलाइ जेद्दामा रहेका नेपाली संघसस्थाले हाल खान बस्नको प्रबन्ध मिलाइ राखेको र उद्दारको लागि बाणिज्य दूतावास मार्फत पहल सुरु गरिएको शाहिले बताएका छन ।
पीडितहरूको नामावली यस प्रकार रहेको छ ः