9 Jestha, 2075 | 23 May, 2018 Wednesday

तीतोपाटी डट कम - नायिका करिश्मा कपुर केही घन्टाका लागि नेपाल आइन् । आज बिहान करिब ९ बजे नेपाल आइपुगेकी उनी काठमाण्डौको दरबारमार्गमा संचालनमा आएको ‘मेरिगोल्ड ज्वेलर्स’को शाखा उद्घाटन गर्न आइपुगेकी हुन् ।

करिश्माले दरबारमार्गमा संचालनमा आएको ‘मेरिगोल्ड ज्वलर्स’को शाखा उद्घाटन गर्दै भनिन्–‘उहाँहरु र मविचमा केही कुरा मिल्छ । म पनि बलिउडमा चौथो जेनेरेशनकी नायिका हुँ । अहिले मेरिगोल्डलाई पनि चौथो जेनेरेशनले हाकिरहनुभएको छ ।’

करिश्माले रिबन काट्दै शाखा भ्रमण पनि गरिन् । उनलाई उपस्थित पाहुना र मिडियाले खुबै पछ्याएका थिए । करिश्माले छोटो मन्तव्य राख्दै भनिन्–‘म १५ बर्ष अगाडि नेपाल आएकी थिएँ । फेरि पनि निमन्त्रणा गर्नुहोला, म आउनेछु ।’


करिश्माले नेपाल आफूलाई निकै मनपर्ने भन्दै भनिन्–‘आई लभ नेपाल । नेपाल सगरमाथाको देश हो । मलाई निकै मनपर्छ ।’ आफू नेपाल आउन पाउँदा निकै खुशी भएको समेत उनले बताएकी छिन् । इन्द्रचोकमा संचालनमा रहेको मेरिगोल्ड ज्वेलर्सले दरबारमार्गमा नयाँ शाखा खोलेको हो ।

मेरिगोल्ड ज्वेलर्सकी संचालीका ज्योत्सना श्रेष्ठले आफूहरु ग्राहकको मायाले यो स्थानमा पुगेको भन्दै सधै ग्राहकको सन्तुष्टीका लागि काम गर्न बताइन् ।