9 Jestha, 2075 | 23 May, 2018 Wednesday

तीतोपाटी डट कम - सर्वोत्कृष्ट लोकदोहोरी नव गायिकातर्फको यसवर्षको अवाड ‘छिन छिन बज्ने चुरा’बाट सम्झना भण्डारीले पाएकी छन् ।‘बत्ती बाल्नै पर्दैन त्यो ठाउँमा’ गीतबाट एकाएक चर्चाको उचाईमा पुगेकी भण्डारीले  दर्जनौ गीतहरुमा आवाज दिइसकेकी छन् ।

उनको आवाजको माग नेपाली लोक सङ्गीतको क्षेत्रमा बढ्न थालेको छ । उनले अवार्ड पाएको चर्चा एकातिर छ भने अर्काेतिर उनको गीत ‘सलल बगेको पानीको’। 

नवगायक हेम शर्मा र चर्चित गायिका सम्झना भण्डारीको आवाजमा रहेको गीतमा नारायण भट्टराईको लय रहेको छ भने चर्चित गीतकार कमल अर्यालको शब्द सृजना रहेको छ ।

रिना थापा र समीर थोक्करको सशक्त अभिनय रहेको गीतको छायाङ्कन बासु बरालले गरेका छन् भने निर्देशन समीर थोक्करको नै रहेको छ । गीतको सम्पादन प्रकाश एसकेले गरेका छन् ।