9 Jestha, 2075 | 23 May, 2018 Wednesday

तीतोपाटी डट कम - राजधानीको ग्रान्डी अस्पतालमा कार्यरत स्वास्थ्य परिचारिक सुनिशा विष्टले ‘नर्सिङ आइडल २०१८’ को जितेकी छन् । उनले १८ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन्।

विष्टले उपाधिका साथमा विभिन्न उपहार प्राप्त गरिन्।अमेजन ईन्टरटेन्मेन्टले मंगलबार राजधानीको राष्ट्रिय नाचघरमा आयोजना गरेको प्रतियोगितामा सुजिता खत्री ‘फष्ट रनर अप’ र जेनिशा थापा ‘सेकेन्ड रनर अप’ घोषित भए।

विधागत विजेतातर्फ रिचा कार्की ‘बेस्ट ट्यालेन्ट’, जेनिशा थापा ‘बेस्ट क्याटवाक’, जेबिका श्रेष्ठ ‘बेस्ट पर्सनालिटी’, प्रिया शर्मा ‘बेस्ट फोटोजेनिक’, सुजिता खत्री ‘बेस्ट स्माइल’, सेलिना चौलागाई ‘बेस्ट डिसिप्लिन’, आस्था गुरुङ ‘बेस्ट कम्प्लेक्सन’, रिना केसी ‘बेस्ट हेयर’, शर्मिला लामा ‘मस्ट चार्मिङ’, सुनिशा विष्ट ‘मस्ट इन्टलिजेन्ट’, अस्मिता गिरी ‘मस्ट स्मार्ट’, वर्षा दंगाल ‘मस्ट एक्टिभ’, कबिना श्रेष्ठ ‘मस्ट पन्चुअल’, समीक्षा गुरुङ ‘मस्ट कन्फिडेन्ट’, शिला शिल्पकार ‘मस्ट अट्रयाक्टिभ’, साची खत्री ‘मस्ट इन्टिलेजेन्ट’, रिचा कार्की ‘नर्सिङ पब्लिक च्वाइस’ र कबिना श्रेष्ठ ‘मस्ट पपुलर’ घोषित भए।

प्रतियोगितामा ‘मिस नेपाल वल्र्ड २००५’ सुगरिका केसी, डा. प्रोफेसर सुशिला मल्ल, मोडेल तथा नायक दिक्पाल कार्की, सञ्चारकर्मी सुमित राणा निर्णायक थिए।आयोजक संस्थाका अध्यक्ष कमल खतिवडाले मिस तथा मिसेस दुवै प्रतियोगिता भएकाले प्रतियोगितामा उमेर, उचाई, तौल जस्ता मापदण्डहरू नतोकिएको बताए । प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिइन् ।