9 Jestha, 2075 | 23 May, 2018 Wednesday
अब म जाउँ कहाँ ?
2018-05-02 | केदार नाथ खरेल
     अब म जाऊँ कहाँ ?

शहर होस् या गाउँ, जहाँ गए पनि डर र त्रास छ ।
बालिका बलात्कृत हुन्छिन्, अब म जाउँ कहाँ ।।

जहाँ आमा र हजुर आमालाई छाडेनन् तिनले।
रक्षकबाट बलात्कार हुन्छ, अब म जाउँ कहाँ ।।

शान्तिसँग बाँच्न पाइदैन, अशान्ति छायो यहाँ।
ब्यापारीहरु डरले लुक्नु पर्ने, अब म जाउँ कहाँ ।।

बलात्कारी जोगाएर, पीडितलाई दिइन्छ सजाय।
राज्य संयन्त्रले न्याय दिएन, अब म जाउँ कहाँ ।।

देशको कारखाना बन्द भएर, युवाहरु विदेश गए।
शव बोक्ने नारी मलामी हुँदा, अब म जाउँ कहाँ ।।


श्रीमान विदेशमा सुख्खा रोटी खाएर कमाउँछन्।
श्रीमति नाठोसँग रमाउँछन्, अब म जाउँ कहाँ ।।


लेखकः केदार नाथ खरेल
हाल- कुवैत
मितिः २०७५ वैशाख १९