9 Jestha, 2075 | 23 May, 2018 Wednesday

तीतोपाटी डट कम- ईपिएस मार्फत काम गर्न कोरिया आएका एक नेपाली युवाले झुण्डिएर आत्महत्या गरेका छन। बर्ष १० महिना कार्य अवधि सकेर पुन कोरिया आएका इटहरीका थापा थरका एक युवाले झुण्डिएर आत्महत्या गरेको बुझिएको ३८ बर्षिय थापा पुनः कोरिया प्रवेश गरेको भएको थियो


मृतक थापा ख्यंगी प्रान्तको आनसंगको गाई फार्ममा कार्यरत थिए कोरियन प्रहरीको लागी भाषा अनुवादक गर्दै आउनु भएका नेपाली उमेश बस्नेतका अनुसार थापाले आज दिउसो बजे आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको हुन।


मृतक व्यक्ति मानसिक समस्याबाट पिडीत रहेको बुझिएको छ। मृतक थापा बिबाहित रहेको बुझिएको छ। मृतक थापाको शव पोष्टमार्टमको लागी स्थानिय अस्पतालमा राखिएको छ।


भाषा अनुवादक बस्नेतका अनुसार घटनाको बारे नेपाली दुताबास मृतकको घर परिवार लाई जानकारी दिने काम भईरहेको छ।