9 Jestha, 2075 | 23 May, 2018 Wednesday
तीतोपाटी डट कम - ओमानमा नेपाली युवतीको अपहरणपछि सामुहिक बलात्कार गर्ने पाँच जना बङ्लादेशी नागरिक पक्राउ परेका छन । ओमानको प्रहरीले उनीहरुलाई पक्राउ गरेको नेपाली दूतावास ओमानले जनाएको छ । 

नेपाली युवतीलाई काम लगाइदिने प्रलोभनमा पारेर अपहरण शैलीमा बलत्कार गरेर ज्यान मार्ने प्रयास गरेको स्थानीय प्रहरीलाई जानकारी गराएपछि प्रहरीले पाँच जना बङ्लादेशी नागरिकलाई पक्रिएको दुतावासकी द्वितीय सचिव रोजिना ताम्राकारले जानकारी दिइन् ।

पक्राउ परेकाहरुले आरोप स्वीकार गरेकाले कानुनी प्रकृयाका लागि दूतावासले स्थानीय निकायसँग समन्वय गरिरहेको ताम्राकारले बताइन । कानुनी प्रकृया पुरा गरेर दूतावासले अस्मितालाई उद्दार गर्ने र अदालती प्रकृया अनुसार अधिकार दिलाएर नेपाल पठाउन प्रक्रिया थाल्ने छ । 

ओमानको मावेलामा गएको शनिबार नेपाली युवतीलाई ५ जना बङ्लादेशी नागरिकले राम्रो काम लगाइदिने भन्दै अपहरणको शैलीमा निर्माणाधिन भवनमा लगेर सामुहिक बलात्कार गरेका थिए । 

उनीहरुले बलात्कारपछि हत्याको योजना बनाइरहेका बेला ओमानको प्रहरीले उद्धार गरेको हो । १६ महिना अघि घरेलु महिला कामदारको रुपमा ओमान पुगेकी उनी ८ महिना स्पोन्सरको घरमा काम गरेर भागेर एक जना बङ्लादेशी नागरिक सँग बस्दै आउनु भएको थियो । 

-ujyaaloonline