9 Jestha, 2075 | 23 May, 2018 Wednesday

तीतोपाटी डट कम -  वैदेशिक रोजगारीको शिलशिलामा अोमानमा कार्यरत एक नेपाली महिला कामदारको सडक दुर्घटनामा परि  ज्यान गएको छ । मस्कटबाट दुबई जाने सडकको अल हाइलमा भएको दुर्घटनामा परेर धनकुटाकी गंगामाया राईको ज्यान गएको हो ।

दुर्घटनामा परेर चितवन बरमपुरकी पद्मी गुरूङ घाइते भएकी छन् भने पद्मीको सुल्तान काबुस अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था अहिले सुधारउन्मुख भएको अस्पताल स्रोतले जनाएको छ ।

ओमानको ओआइजी नामक अर्ध सरकारी क्लिनिङ कम्पनीमा कार्यरत उनीहरू गत शुक्रबार छुट्टीको दिन गंगामायाको घरमा पैसा पठाउने र पदमीको भान्जीको कोठामा जाने भन्दै निस्केका थिए । 

अल हाइलमा रहेको एक्सचेन्ज मार्फत घरमा बहिनीको नाममा पैसा पठाएर कम्पनीको घाला राउन्डबोर्डमा रहेको अर्को क्याम्पमा जान भन्दै अलहेलमा बाटो काट्ने क्रममा तिब्र गतिमा आएको गाडीले ठक्कर दिदा गंगाको घटना स्थलमै ज्यान गएको हो । 
ज्यान गुमाएकी गंगा ९ महिना अघि र पद्मी २ वर्ष अघि ओमान अाएका थिए । 

- ujyaaloonline