9 Jestha, 2075 | 23 May, 2018 Wednesday

तीतोपाटी डट कम -  घरेलु कामदारको रूपमा रहेकी एक जना फिलिपिनी महिलाको हत्याको विषयलार्इ लिएर चिसिएको फिलिपिन्स र कुवेत विचको सम्बन्ध यति खेर अाफ्नाे देशका नागरिकलार्इ स्वदेश फर्कन अाग्रह गर्नु पर्ने अबस्था सम्म सम्म अाइपुगेको छ भने  फिलिपिन्सका राष्ट्रपति रोर्डिगो डुर्टेतेले कुवेतमा रहेका आफना नागरिकलाई स्वदेश फर्किन आग्रह समेत गरिसकेका छन् ।

कुवेत छाडेर देश फर्किनु देशभक्तिको कुरा भएको बताउँदै उहाँले स्वदेश फर्किन चाहने आफ्ना नागरिकलाई फिलिपिन्स सरकारले सक्दो सहयोग गर्ने बताइएको छ ।

‘यदी फिलिपिन्सका नागरिक कुवेतमै बस्न चाहन्छन् भने पनि कुनै समस्या छैन्, तर आफू फिलिपिन्सको हुनुमा नै गर्व गर्नुहोला, र जो फर्किन चाहान्छन् उनीहरुलाई सरकारले सक्दो सहयोग गर्नेछ,’ उहाँले भन्नुभयो ।

घरेलु कामदारको रुपमा कुवेतमा काम गर्दै आएकी एक महिलाको हत्या भएपछि कुवेत र फिलिपिन्सबिच तनाव सुरु भएको थियो । त्यसपछि फिलिपिन्सले अस्थाइ रुपमा कुवेतमा घरेलु कामदार पठाउन रोकेको थियो । 

कुवेतमा रहेको फिलिपिन्सको दूतावासले आफ्ना नागरिकलाई भाग्न सहयोग गरेको भिडियो सर्वाजनिक भएपछि फिलिपिन्सले दूतावासका कर्मचारीलाई पक्राउ पुर्जी जारी गरेको थियो । 

अहिले फिलिपिन्सले स्थायी रुपमा नै आफ्ना नागरिक कुवेत नपठाउने निर्णय गर्दै राष्ट्रपतिले कुवेतमा रहेका सबै नागरिकलाई स्वदेश फर्किन आग्रह गर्नुभएको हो । ‘हामी जति गरिब भएपनि हामी बाच्न सक्छौ, तपाईंहरु स्वदेश फर्किनुहोस्,’ उहाँले आइतबार सिंगापुरमा भएको यसोसियसन अफ साउथेस्ट एसिया नेशन समिटमा ६ हजार सदस्यकाबिचमा यस्तो बोल्नुभएको हो । 

तथ्याङ्क अनुसार कुवेतमा दुई लाख ६० हजार फिलिपिन्सका नागरिक काम गर्छन् । त्यसमा पनि विशेष गरी घरेलु कामदार रहेका छन् । फिलिपिन्सका राष्ट्रपतिको यो फैसलाप्रति कुवेतले कुनै पनि प्रतिक्रिया जनाएको छैन ।