9 Jestha, 2075 | 23 May, 2018 Wednesday
गजल- जानकी जानु
2018-04-26 | तीतोपाटी डट कम
तीतोपाटी डट कम-
म कामीको छोरी हु,किन म मान्छे हहैनर!
कमाइ गरि खानेको छोरी हु,म किनर मान्छे हैनर!!

कुकुर बिरालो सम्म पनि न हुने मान्छेमा पनि !
परै देखि छि छि दुर किन म मान्छे हैनर !!

जवानिको बैँस पोखन दलितको शरीर चल्ने !
पानी छुदा अछुत हुनि,किन म मान्छे हैनर !!

मोहि पार्ने ठेका चल्ने मन्दिर भित्र मुर्ती !
मैले पुज्दा मन्दिर अछुत,किन म मान्छे हैनर!!

बाइबल शास्त्र कुरानमा देखिन जात लेख्याको!
तर मान्छे मान्छेमा फरक,किन म मान्छे हैनर!!

जानकी जानु 
हाल- कुवेत