9 Jestha, 2075 | 23 May, 2018 Wednesday
मानिस के के गर्दछ ?
2018-04-25 | तीताेपाटी डट कम
पैसाको लागि साथीले साथीको हत्या गर्दछ ।
जग्गाको लागि दाईले भाईको हत्या गर्दछ ।।

पदको लागि आफन्तले आफ्नैको खुट्टा तान्छन ।
कुर्सीकै लागि एकले अर्को पार्टीलाई खसाल्छन ।।

एउटा केटीकै लागि साथीले साथीलाई धोका दिन्छन् ।
एउटा केटाकै लागि बहिनी दिदीमाथि सौता बन्छन् ।।

आफुलाई साहित्यकार देखाउन अर्काको कृती चोर्छ ।
अरुलाई ठगेर आफुलाई समाजसेवी घोषणा गर्छ ।।

एउटालाई बचाउन डाक्टरले अर्काको मिर्गौला चोर्छ ।
आन्दोलन दबाउन पुलिसले जनताको टाउको फोर्छ ।

स्वार्थकै लागि नेताहरु घरी-घरी पार्टी फेर्ने गर्दछन् ।
लोभ-लालचले गर्दानै मानिस नर्क कुण्डमा झर्दछन् ।।



लेखकः केदार नाथ खरेल
ठेगानाः जितपुर सिमरा उप-महानगरपालिका-16 आदर्शनगर, बारा
हालः कुवैत