9 Jestha, 2075 | 23 May, 2018 Wednesday
हे मानिसहरू हो, अब त अाँखा खोल
2018-04-25 | केदार नाथ खरेल
हे मानिसहरु अब त आँखा खोल-


यो कस्तो बिडम्बना, मानिस पाप कार्यमा फस्दैछन् ।
दाजुले बहिनी र बाउले छोरीलाई बलात्कार गर्दैछन् ।।

नास्तिकहरु बढेर, धर्म-कर्ममा आस्था हट्दै गएको छ ।
पुण्य-कर्म छोडेर, मानिस पाप कार्यमा बढ्दै गएको छ ।। 

जानु छ हामी अवश्य एकदिन उनै ईश्वरको शरणमा ।
प्रार्थना र उपासना गरौं हामी एक ईश्वरको चरणमा ।।

जे जस्तो कर्म हामीले गरेका छौ त्यही फल पाउनेछौं ।
पुण्य कार्य गर्यौ भने दिब्य स्वर्गमा रमाउन पाउनेछौं ।।

धनको लालचले गर्दा मानिस पाप कार्यमा अघि बढ्दछन् ।
काम लाग्दैन त्यो धन मृत्युपछि हामीलाई आगोले पोल्दछ ।।


लेखकः केदार नाथ खरेल
जितपुर सिमरा उप-महानगरपालिका-16, आदर्शनगर, बारा
हालः कुवेत