9 Jestha, 2075 | 23 May, 2018 Wednesday
सम्झना_त्यो_कालो_दिनको
2018-04-25 | तीताेपाटी डट कम
#सम्झना_त्यो_कालो_दिनको

ती भुकम्पका घाउ देखेकाछौँ हामीले
ती भुकम्पका पीडा भोगेकाछौँ हामीले 
निर्दयी  प्रकृतिको त्यो कस्तो वज्रपात
ती कोलाहलका चीत्कार सुनेकाछौँ हामीले 

आस्थाका धरोहर ढलेको देखेकाछौँ हामीले     
सभ्यता कलाकृति गुमेको देखेकाछौँ हामीले
सबै कालखण्डको साक्षी बसेको धरहरा
गर्ल्याम्म गुर्लुम्म लडेको देखेकाछौँ हामीले

पाल मुनीको बासपनी पाएकाछौँ हामीले
थाल बिनाको गाँसपनी  खाएकाछौँ हामीले
नीष्ठुरी दैवको यो कस्तो लीला
ती भग्नावशेषका चोटपनी पाएकाछौँ हामीले 
 :-आलोक भट्टराई
बिराटनगर हाल कुवेत 

२०७२ साल बैसाख १२ को बीनासकारी भूकम्पमा परी ज्यान गुमाउने हुने सम्पुर्ण मृतात्माहरूप्रती हार्दिक श्रद्धाञ्जली