8 Jestha, 2075 | 22 May, 2018 Tuesday

तीतोपाटी डट कम- कुवेतमा रहेका नेपालीहरुले गौतम बुद्धको जन्म जयन्ती मनाउने भएका छन्


शान्तिका अग्रदुत भगवान बुद्धको २५६२ औं जन्मोत्सव कुवेतमा रहेका नेपाली संघ संस्थाहरुको प्रतिनिधित्वमा तामाङ घेदुङ कुवेतको आयोजना तथा आदिवासी जनजाति महासंघ कुवेतको संयोजकत्वमा अप्रिल ३०मा बुद्ध जयन्ती मनाउने भएको हो  


लामो समयदेखि तामाङ घेदुङ कुवेतले निरन्तर रुपमा मनाउँदै आइरहेको बुद्ध जयन्ती यसपालि भने आदिवासी जनजाति महासंघ कुवेतको संयोजकत्वमा, कुवेतस्थित महासंघमा आवद्ध सबै घटक जातीय संस्थाहरुको सहकार्यमा फर्वानियास्थित अल हाइतम इन्डियन रेस्टुरेन्टमा साँझ बजेबाट मनाउने आयोजकले जानकारी गराए


गत शुक्रबार आदिवासी जनजाति महासंघ कुवेत शाखाका अध्यक्ष रमेश किराँतीको अध्यक्षतामा महासंघ तामाङ घेदुङ कुवेत बीच छलफलबाट यसवर्ष घेदुङको निरन्तरतालाई ध्यानमा राख्दै सहकार्य गरेर कार्यक्रम गर्ने आगामी वर्षदेखि भने महासंघनै आयोजना गर्ने बुद्ध नेपालको राष्ट्रिय बिभूति भएकाले राज्यको कोषबाटनै दूतावासको आयोजनामा मनाउन दवाव दिने दीर्घकालीन योजनाको साथ आफूहरू गृहकार्य गरिरहेको अध्यक्ष रमेश किराँतीले बताए