9 Jestha, 2075 | 23 May, 2018 Wednesday
गजल - दीप मिलन
2018-04-23 | कोसेलीज्युज
गजल

थप्दै गयो चुनौती यो जिन्दगी मलाई।
काटेर प्वाँख उर्दी गर्दैछ उड्नलाई।

कस्ले खबर पुर्‍यायो ज्यूँदो रहेन भन्ने??
के हुन्छ भोलि कुन्नी ज्यूँदै छु आजलाई।

भो बग्न छोडिदेऊ ए आँशु सम्झनामा,
लाग्दैन आँशु झारी मेटिन्छ यादलाई।।

देखे सबै जनाले वनमा डढेलो लाग्दा,
को देख्छ बुझ्छ कस्ले मनको उजाडलाई।

निर्लज्ज हुन्छ दिन यो विश्वास कहाँ रह्यो र?
हो भन्न सक्छु मेरो केबल म रातलाई।

दीप मिलन
९ वैशाख २०७५