8 Jestha, 2075 | 22 May, 2018 Tuesday
गुलाम नबी मन्सुर-

उखुको मुल्य वृद्धि गर्न दवाब दिन इन्दु शंकर चिनीमेल अगाडी धर्ना दिई आमरण अनशनमा बसेका सर्लाही जिल्ला हरिवन नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष शेख मेहबुब रेजा थिए।
शेख मेहबुब रेजा भन्छन् म पीडित किसानको हितको लागि प्राणको आहुती दिन तयार छु, जबसम्म उखुको मुल्य वृद्धि हुँदैन तबसम्म आमरण अनशन जारी राख्ने प्रतिवद्धता गरेको हरिवन नगरपालिकाका मेयर प्रसाईले जानकारी गराए। 

पटक-पटक इन्दु शंकर उद्योगका मालिकलाई किसानहरुले दबाव दिंदा पनि नटेरेपछि अन्तमा जनताहरुको हितको लागि आफु अनशनमा बस्न बाद्य भएको बताए। उखुको मुल्य वृद्धिसँगै चिनीको मुल्य पनि वृद्धि हुने आशंका हुँदा किसानलाई नै मार पर्ने हुनाले हाल भएको चिनीको मुल्य प्रति किलो रु ७० बाट मूल्य बढ्न नदिन सरकारले उखुको मूल्यमा प्रति क्वीन्टल पाँच रुपैयाँ ५६ पैसाका दरले मात्र वृद्धि गर्ने निर्णय गरेको हो। पहिले उखु प्रति क्वीन्टल ५३१ रुपैयाँमा बिक्री हुँदै आएको थियो।

हाल उखुको मुल्य प्रति क्वीन्टल ५३६. ५६ कायम गरेको छ। यसबाट खृउखु खेती गर्ने किसानलाई केही मात्रंमा रहात पुगेको छ। तर लागत अनुसार उचित मुल्य वृद्धि नभएको किसानको जन-गुनासो रहेको छ । 

सरकारले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न भारतबाट आयत गरिने चिनीको लागि हालको भन्सार मूल्यमा शतप्रतिशत मूल्यवृद्धि गरेको हो । सरकारले चिनीको भन्सार मूल्य ३० प्रतिशत कायम गर्ने निर्णय गरेको राज्यमन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । चिनीको हाल भन्सार मूल्य १५ प्रतिशत कायम रहेको छ । नयाँ भन्सार मूल्य अब तुरुन्तै लागू हुने उहाँले बताउनुभयो ।