9 Jestha, 2075 | 23 May, 2018 Wednesday
बसन्त थापा-हाम्रो देशको राजनिति र हाम्रो भबिश्य जान्न ज्योतिष नचाहिने भएको छ।नेपालको राजनीति हामी सबै जनताले दैनिक भोगि रहेका, सहि रहेका छौ। तर कहिले सम्म? किन? के हो राजनिती? मैले त बुझ्न पनि सकेको छैन। रंगी-चंगी झण्डाको हावा खाने फुर्सद पनि पाईन। तर राणा,पञ्चायती,राजकिय र बहुदलिय हुँदै गणतन्त्र(राष्ट्रपतिय) ब्यबस्था सम्म आउदा यति कुरा प्रष्ट छ कि "नेपालमा राजनिति एउटा निमको बोट जस्तै हो,जो जति हुर्के-बढे पनि त्यसको गुण फलहरु तितो नै रहयो।"त्यसैले प्रति प्रश्न गर्न मनलाग्छ"देशमा धेरै ब्यबस्था फेरियो, फेरियन हामी सबैको अवस्था।"किन?"

त्यसो त समयको परिवर्तन संगै सभ्यताको ईट्टा भट्टिहरु बिकास भए, बिकासका बाटोहरु खनिए,गाडीहरु कुदे,उद्योग कल-कारखाना खुले,समाबेशीता,सहभागिताको सफल परिक्षण भयो।यता बिज्ञाननै छक्क पार्ने मस्तिष्कहरुले खोज अनुसन्धान चलाए, मजदुरहरु मालिक भए,पुर्विय मुलुकहरु सोर्हौ तथा सत्रौ शताब्दितिरै आर्थिक, प्रबिधिक,सामाजिक हरेक पक्षबाट बिकासको चुलीमा पुग्यो।हामीले धार्मिक र सामाजिक मुल्य मान्यताका किताबहरु पढ्यौ, शास्त्रहरु पढ्यौ,आ-आफ्ना देबताहरु चिन्यौ, मन्दिर बनायौ।अझ कामको बाडफाडबाट बर्गीय,जातिय असमानताको खाडल खन्यौ,सहभागिता ,समाबेशीताको अबधारणालाई त्यसैभित्र पुर्यौ।विभिन्न कालखण्डमा समाज र देशका नाईकेहरुले विभिन्न प्रथाहरु चलाए, झाक्रीहरु जन्माए,उनिहरुले धामी पनि जन्माए,समाजलाई भुतका सपना देख्न सिकाए।अस्पातल गए घाउ कुहिने डर देखाए र तिनै कमजोर मानसिकतामा हालीमुहाली गरे। परिवर्तनको सपना देखाउने जङ्गलेहरुले जनताकै कसौडि रित्याए,मझेरीमा पिसाब गरे र अगेनामा सुते। पछि बिरालोजस्तै व्यवहार देखाए।सत्तामा पुगेकाहरु कित्ता-कित्तामा देश टुक्र्याउन आ-आफ्नो शक्ती प्रदर्शनमा लागे। देशका नदीनाला बेचे र मिनरल वाटरले तिर्खा मेटे ।यता जनताले टुकीबत्तीमै उज्यालोको परिभाषा पढे, प्रथाहरुलाई नै प्राथमिकता दिए। घाउ कुहिने डरले स्वास्थ चौकीको छेउसम्म परेनन। बस गर्नेले हाली मुहाली गरिरहे। देश स्टिकरको देश जस्तो बन्यो , जनता उत्पादित बस्तुगत सामान जस्ता बने ।खयर अति निरासता देखाउनु पनि राम्रो हैन, तर तितो सत्य त यही हो।

हाम्रो प्यारो देशका जनता बिबश र लाचार भएर बस्नुपरेको छ।भष्ट्राचार,कालाबजारी,महंगी,नाताबाद,कृपाबाद,यौन-दुर्ब्यबहार,बालत्कार, दलितको नाममा मानबिय संबेदनामा पिडा माथि पिडा, (अनि अरु कति हो कति )ले गाजेको छ देशलाई। शान्ति त् उहिल्यै बसाई सरेर गईसक्यो, जनताहरूले आफ्ना-आफ्ना हक अधिकारको बहस गरीरहेका छन।पटक-पटकको अनौठो र आलो-पालोको सरकारको पटक-पटकको अभिब्यक्तीले बुझ्न सकिन्छ कि हाम्रो  देश कुन धरातलमा छ र नेताहरु के चाहन्छन।"जसरी हुन्छ सत्तामा जाँउ, आफु मात्रै कमाउ र आफ्नैलाई मात्रा खुवाउ।"

देशका बिभिन्न ज़िल्लाहरूमा दिनौ बिभिन्न कारणले धेरैको ज्यान गईरहेको बेला सरकार भने मौन रहनु कत्तिको सही गलत यो मैले भनिरहनु पर्दैन।देशको सिमाना मिचिदा नेताहरु मौन हुन्छन,बोक्सीको नाममा दिनहु महिलाहरु माथि दुर्व्यबहार हुँदा होस या बालत्कार र देश देखी बिदेश सम्म चेलीबेटी बेच बिखन हुँदा सबै सम्बन्धित पक्ष चुप-चाप रहदै तमासा हेरिरह्न्छन।सरकारको जम्बो टोलि विदेश घुम्न गएको पैसाले सायद देशका बिकट ज़िल्लाहरूमा ठुलो अस्पताल ठडिन्थ्यो होला, धेरै खोलामा पुल बन्थे होला,नेपाली दाजुभाई दिदी बहिनीहरू दिनौ यसरि मर्न पर्दैनथ्यो होला,यो गरे त्यो हुन्थ्यो भन्नु पनि कसरि एकदुईटा काम त्यस्तो भए पो,कमजोरी नै कमजोरीको रास थुप्रिएको छ। त्यसैले मनाउनु छैन मलाई लोकतन्त्र ! के हो मैले चिनेको पनि छैन आफैलाई ! चिन्ता छ भोलि के हुन्छ भनेर ! म जन्मेदेखि आजसम्म मैले कतै महसुस गर्न पाएको छैन लोकतन्त्रको। सानै देखि म देख्दै आईरहेको छु देश बदल्छु भन्दै देशलाई थला पार्नेहरु।

अनुहार फेरिन्छन् राज्य संचालनका लागि तर नियत उही हुन्छ लुट्ने ठग्ने, म त् चाहन्छु यो देश बदल्नु नै छ भने तानाशाही उदारवादी व्यक्तिको खाचो छ। यस्तो कडा नीतिनियम होस् कि सबै अनुशासनमा बस्न बाध्य हुन् सबै खुल्ला साढेहरुलाई बाधेर उचित प्रयोग गर्न सक्ने दुरदर्शी चरित्रको ब्यक्ती आओस। आश मलाई धेरै छ तर समस्याले जगडिएको यो देशलाई कोहि माईकलालले राजनीतिको नाममा केहि पनि गर्न सक्दैनन् हिजो जस्तो थियो आज त्यस्तै छ र भोलि पनि त्यस्तै हुनेछ, जब सम्म देशको लागि सोच्ने असल देशका ड्राइभरहरु(नेताहरु) को हातमा देश पर्दैन तब सम्म अनेकौ बहानामा देशलाई चुसी रहिन्छ, रित्याइ रहिन्छ।

अनी जनतालाई भनिरन्छन"मलाई भोट दिनोस, मैले जिते भने यो गर्छु, त्यो गर्छु, जब चुनाव जित्छन अनी भन्छन मलाई सहयोग भएन। र्को चुनाबमा चिताउनुस म पक्का गर्छु।" हामीलाई झुक्याइ रह्न्छन अनी हामी पनि आशै-अाशमा झुक्की रहन्छौ।"