9 Jestha, 2075 | 23 May, 2018 Wednesday

तीतोपाटी डट कम- सिन्धुपाल्चोकको एउटै नगरपालिका तीन जना युवा मलेसियामा सम्पर्कविहीन भएका छन्  चौतारा साँगाचोकगढी नगरपालिकाकाको स्याउलेका चन्द्र बहादुर खत्री, पिपल डाँडाका कमल बस्नेत बतासेका मिनबहादुर तामाङ मलेसियामा सम्पर्कविहीन भएका हुन्  

स्याउलेका चन्द्रबहादुर खत्री मलेसिया गएको १० भयो २०७२ सालमा भुकम्प गएको बेला फोन गरेका खत्री अहिले परिवारको सम्पर्कमा हुनुहुन्न पिपलडाँडाका कमल बस्नेतले गएको असोजमा दिदीलाई तिहारमा आउने भन्दै माला तयार पारेर राख्नु भन्नुभएको थियो कमल दिदीलाई भनेको समयमा घर आउनु भएन उल्टै सम्पर्कविहीन हुनुभयो  


१० वर्षअघि मलेसिया गएका मिनबहादुर बेपत्ता भएको एक वर्ष भयो मिनबहादुरका१४ वर्षकै उमेरमा मिरा तामाङसँग बिहे भयो बिहे गरेको वर्षपछि धेरै कमाउने सपनाले उहाँ मलेसिया पुग्नुभयो कमाइ ठिकै थियो दिदी टिकामाया मार्फत पैसा पनि पठाइरहनुभएको थियो  


दोस्रो पटक बिदामा आएका मिनबहादुर २०७३ सालमा फर्किनुभएको हो प्रत्येक महिना फोन गरिरहने मिनबहादुरको गएको फागुनमा फोन आएन पछि सम्पर्कमा आएका मिनबहादुरले आफू बिरामी भएकाले फोन गर्न नसकेको बताउनुभयो २०७३ चैत्र ३० गते बिहान फोन गरेका श्रीमानले मिरालाई नयाँ वर्ष मनाउने खर्च छैन होला भन्नुभएको थियो  


त्यसको केहीदिनमा ५० हजार पठाइदिएको खबर गर्नुभयो आमाजु दिदीले पैसा पठाउँदा जहिले पनि फोन गर्नुहुन्थ्यो तर त्यतिबेला मलाई फोन गर्नुभएनमिरा भन्नुहुन्छ मिनबहादुरले दिदीलाई चाहिँ पैसा बुहारीलाई दिनु भन्नुभएको रहेछ त्यो पनि मिराले पछि मात्रै थाहा पाउनुभयो


त्यसपछि मिरालाई फोन आयो दिदीलाई नै मिनबहादुरले मिरालाई परिवारसँग छोडेर जानुभएको थियो तर अहिले उहाँ एक्लै हुनुहुन्छ भुकम्पले भत्किएको घर पनि बनाउन सक्नुभएको छैन सरकारले दिने पुनर्निर्माणको पैसा पनि नपाएपछि मिरा अहिले जस्ताको टहरामै बस्नुभएको  


एकातिर चैत वैशाखको हावाहुरी असिना पानीले जस्ताको टहरा उडाउला भन्ने पीर अर्कोतिर श्रीमान बेपत्ता हुँदाको चिन्ता मिरालाई अहिले यही चिन्ताले सताइरहेको  


दुई छोराछोरीसहित तीन जनाको ज्यान पाल्न मिरा अहिले गिट्टी कुट्ने बालुवा बोक्नुहुन्छ जसरी भए पनि छोराछोरी पाल्नै पर्यो के गर्नुमिरा भन्नुहुन्छ सम्पर्क विहिन भएका श्रीमानलाई केही पो भयो कि भनेर बुझ्न मिरा धामीझाँक्रीसम्म पनि पुग्नुभयो  


त्यसले पार नलागेपछि उहाँ श्रीमानलाई पठाउने म्यानपावरमा पनि पुग्नुभयो तर मिरासँग श्रीमानको मलेसियाको ठेगाना थाहा कुनै कागजपत्र नै पैसा पठाउँदाको रसिद बाहेक उहाँसँग अरु केही छैन  


मिन बहादुरले मात्र होइन चन्द्रबहादुर कमलले पनि कागजात घरमा छोड्नुभएको छैन कागजात नभए पनि सामी परियोजनाले सञ्चालन गरेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा आफन्त खोजिदिन आग्रह गर्दै उनीहरुका परिवारले निवेदन दिएका छन्  

साभार- उज्यालो अनलाइन