9 Jestha, 2075 | 23 May, 2018 Wednesday
गजल - गँगासागर खड्का
2018-04-20 | तीतोपाटी डट कम

तीतोपाटी डट कम- तिम्रो गजल पढेपछी गजल लेख्न छाडे मैले

यो मन मेरो डडेपछी गजल लेख्न छाडे मैले ||


गजलको नाममा सधै बलत्कार गरीरहने

तेस्ता गजलकार पढेपछी गजल लेख्न छाडे मैले ||


बर्षौ देखी लेखिएका गजल ती खात का खात 

कुना काप्चा सडेपछी गजल लेख्न छाडे मैले ||


सधै तिमी बिहानीमा त्यो ओरालो झर्दै गर्दा 

गिद्दे नजर गढेपछी गजल लेख्न छाडे मैले ||


गँगासागर खड्का, अर्घाखाँचि

हाल- भारत