9 Jestha, 2075 | 23 May, 2018 Wednesday
गजल - स्माइल गजुरेल
2018-04-20 | कोसेलीन्युज


गजल

युरो र डलर पाएपछी कम्युनिष्टहरु जातियता नारा बनाउँछन् ;

बर्गिय क्रान्ती बिर्सिएर  राष्ट्रको अखंड भत्काउँदै चारा बनाउँछन् ।

।१।



श्रम नै नगरी श्रमजिबी भन्नलाई लाज लाग्नु पर्ने हो कि होइन भन्नुस् ;

लुटेर राष्ट्रको ढुकुटि ती कार्यकर्ता पाल्ने खर्चपानी सारा बनाउँछन् ।

।२।



सिमाना मिचेको मिच्यै भयो छिमेकिले सँधै तरपनि मुख खोल्दैनन ;

निकम्बा यस्ता छन् सिङ्गापुर र जापान जस्ता बिकासको  पारा बनाउँछन् ।३।



कर्णाली दार्चुला कालिकोट हुम्ला जुम्ला डोल्पा तिरको के कुरा गर्नु हजुर ;

राजधानीमा नै खाल्डाखुल्डी थुप्रै छन् न पर्सा बनाउँछन् न बारा बनाउँछन् ।

।४।


यसरी बिक्छन् बस्तु जस्तै जसको महत्व हिन हुन्छ खोज्ने हो भने यथार्थ ;

त्यसैले त शून्य मानिरहे बिदेशीले नेता डलरको यारा बनाउँछन् ।५।