9 Jestha, 2075 | 23 May, 2018 Wednesday
गजल - रितु खनाल
2018-04-20 | कोसेलीन्युज


����गजल ����


तस्बिर  मधुरो बन्छ आँसुले पखाली दिन्छ। 

जता हुन्छ पीडा यो मन तेतै  बराली दिन्छ । 


चिनेन उस्ले अर्धाङ्गिनी बर्शौ पछि भेट हुँदा      

सम्झि दिन्छ बटुवा र त बास पाली दिन्छ  ।


सर्लक जिउ भरिएको  यौबन गोरि भए पनि  

प्यारो  मान्छे  भन्छ अनि नाम काली दिन्छ । 


सही  र गलत छुट्याउन नसक्दा दोबाटोमा 

आफ्नै जिन्दगीले आफैलाई गाली दिन्छ।


आँखा भरि आशु देख्दा नबोल्ने ढुङ्गा होला

उसैलाई पुज्न फेरि मेरो हातमा थाली दिन्छ ।


बोनस����

भिजाइ परेली यी नयन बर्षी दिदा पनि सधैँ 

उनको मिठो यादले मनको घाउ टाली दिन्छ।

 रितु