9 Jestha, 2075 | 23 May, 2018 Wednesday

तीतोपाटी डट कम- मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. की वर्षीया बालिकालाई स्थानीय ६० वर्षीय वृद्धले बलात्कार गरेको जनप्रतिनिधिको दबावमा मिलापत्र गराउने कोशिस भइरहेको आरोप पीडित पक्षले लगाएको


यही वैशाख गते दिउँसो बजेतिर वर्षीया एक बालिकालाई छिमेकी ६० वर्षीय जीतबहादुर मगरले बलात्कार गरेको पीडित पक्षको आरोप बिस्कुट दिने वहानामा घरमा बोलाएर मगरले उनीमाथि बलात्कार गरेको पीडित पक्षको दावी


ती बालिकाकी ११ वर्षीया दिदीले देखेपछि बहिनीको उद्धार गरेर घर लगेकी थिइन् त्यसपछि आमाले घटनाबारे जानकारी पाएकी थिइन् बालिकालाई तत्काल बेलबारीको स्वास्थ्य केन्द्रमा समान्य उपचार पश्चात धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचार गर्न लगिएको थियो

घटनालगत्तै पीडित पक्षले इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिए पनि प्रहरीले आरोपीलाई अझै पक्राउ गरेको छैन घटनालाई राजनीतिक रंग दिइएको आरोपीलाई राजनीतिक संरक्षण दिएर भगाइएको आरोप पीडित पक्षको


वैदेशिक रोजगारीको सिलसिलामा हाल मलेसियामा रहेका पीडित बालिकाका बुवाले भने, ‘मेरो घरमा महिला अधिकारकर्मी बालअधिकारकर्मीहरु गएको बेला जनप्रतिनिधिले नै यो कुरा मिल्नमिल्न लागिसकेकोले धेरै नउठाइदिनुहोला भनेछन् अपराधीलाई राजनीतिक संरक्षण दिएर भगाइसकिएको


घटना भएलगतै स्थानीय अगुवाहरुलाई घटनाको बारेमा आमाले जानकारी गराए पनि जनप्रतिनिधिहरुले घटनाको विषयमा छलफल गर्ने भनिएको थियो


तर भोलिपल्ट पीडक मगर फरार भएको पीडित बालिकाकी आमाले बताइन् पीडितकी आमाले घटनाबारे सुन्दरहरैचा नगरपालिकाकी उपमेयरलाई समेत जानकारी गराइएको बताएकी छिन बालिकाको आमाका भनाइ अनुसार पीडक पक्षले पैसा दिन्छु, मिल्नु पर्छ भनेर दबाव दिँदै आएको बताएकी छिन्


इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले २४ घण्टाभित्र अपराधीलाई पक्रने भने पनि अझै नपक्रेको गुनासो अभिभावकको कटुवालले मगरको खोजी भइरहेको बताएका छन


यसैबिच सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव ढकालले भने आफूलाई यो घटनाको विषयमा जानकारी नै नभएको दाबी गरेका छन


आफ्नै नगरपालिकामा यति ठूलो घटना हुँदा पनि प्रहरीले समेत जानकारी नगराएको मेयर ढकालको भनाइ उनले पीडित पक्षलाई न्याय दिलाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन