9 Jestha, 2075 | 23 May, 2018 Wednesday
जिन्दगीको यात्रामा - कबिता
2018-04-18 | तीताेपाटी डट कम

जिन्दगी को यात्रा हाम्रो आज भोलि गर्दै
कहिले दु:ख कहिले सुख अघि पछि
 सर्दै
संघर्षशिल जिन्दगीको पछि- पछि
लाग्दा
समय ले जिस्काइदिन्छ बाध्यतामा
भाग्दा
 मेहनत र परिश्र्मक परदेशी यो जुनि
आफ्नो देश फर्के पछि धुरुधुरु रुनि
बाध्यता ले बनाइदियो टाढा टाढा आज
अस्ताइसक्छ सुर्य पनि हुन्छ झम्के
 साझ
समयमै पुरा गरौं जिन्दगी को धोको
मरेपछि देख्ने छैनौं आफ्नो मान्छे रो को
बाचुन्जेल तेरो मेरो मरेपछि माटो
सकेसम्म रोज्ने गरौ साहित्य को बाटो ।

 रचनाकार

छवि राम सुनार ( निर्दोष )

डेढ गाउले भान्जा

बौदिकाली, २ नवलपुर

हाल कुवेत