13 Baishak, 2075 | 26 April, 2018 Thursday

तीतोपाटी डट कम- निर्वाचनमा थ्रेसहोल्ड सम्बन्धी व्यवस्थाका कारण अहिले साना दलका आवाज केही मधुरो भएको जस्तो भएको तर साना दलहरुले विगतमा जसरी थोरै जनसंख्यालाई प्रतिनिधित्व गरेर पनि जनताका समस्याका बारेमा जसरी आवाज बुलन्द गरेका थिए, त्यो आवश्यकता अहिले पनि आवाजविहीनहरुको आवाज हुने काम साना  दलहरुले गरेका थिए  


 साना दलहरुले कसरी आफ्ना धारणा सरकारसम्म पुर्याउने, कसरी जनताका समस्या, जनताको आवाज बुलन्द गर्ने भन्ने विषयमा बहस छलफल हुन जरुरी साना दलहरुले पनि सहकार्य गरेर अगाडि बढ्नु पर्ने आवश्यकता देखिदै आएको अर्कोतिर सहकार्य हुन सक्ने आधारहरु बलिया छन्


वैचारिक सैद्धान्तिक धारणा मिलेपछि सहकार्य हुन नसक्ने केही  छैन उदाहरणका लागि आर्थिक विकासमा जोड दिने नयाँ शक्ति, सुशासनमा जोड दिने विवेकशील साझा यी दुवै धारणामा राजनीतिक मूल्य पनि हुनुपर्छ भन्ने परिवार दलका धेरै कुराहरु आपसमा मिल्छन् यसकारण सहकार्यको सम्भावना जहिले पनि हुन्छ  


गएको निर्वाचनमा परिवार दलले तीन बुँदे सहमति नै गरेर वाम गठबन्धनलाई सघाएको हो धेरै स्थानमा वामगठबन्धनले सय मतको अन्तरले जितेका छन् त्यसो हुनुमा परिवार दलकै मतले काम गरेको हो हाम्रा मतदाताले गरेको मतदानकै कारण वाम गठबन्धनका धेरैले चुनाव जिते  


परिवार दल नभएको भए सामानुपातिकतर्फको मत पनि कांग्रेसको बढी हुने थियो परिवार दलकै मतका कारण एमालेको मत सर्वाधिक देखिएको हो  


वाम गठबन्धनलाई जिताउन आफै पनि धेरै ठाउँमा पुगेको छु एउटै मञ्चमा केपी ओली, माधव नेपाल, प्रचण्डसँगै दर्जनौं सभालाई सम्बोधन गरेको छु परिवार दलले दिएको योगदान ठूलो , चुनावको प्रशंगमा  


एमालेलाई सहयोग गरेबापत हामीले केही खोजेका छैनौं हाम्रो अपेक्षा सुशासन, राजनीतिक मूल्य आर्थिक विकास होस भन्ने हो जनजीवीकाका विषयमा सरकार गम्भीर भएर काम गरोस भन्ने हो


यति भयो भने परिवार दल स्थापना हुनुको उद्देश्य पनि पूरा हुन्छ हामी आफैले प्रत्यक्ष नभए पनि अप्रत्यक्ष रुपमा देश विकासमा सहभागी हुन पायौं भने हामीलाई पुग्छ  


 जहाँसम्म परिवार दल संसदमा किन छैन भन्ने प्रश्न त्यो नेकपा एमालेले सोच्नु पर्ने विषय हो एमालेले परिवार दललाई संसदमा प्रवेश गराउने वातावरण मिलाउनु पर्छ


त्यो उसको जिम्मेवारी पनि हो प्रतिनिधिसभामा सम्भावना कम भए पनि राष्ट्रिय सभामा प्रतिनिधित्व गराउन सकिन्छ त्यो ठूलो कुरा होइन  


अब सरकारले जनताले दिएको मतादेश अनुसार, जनचाहना अनुसार काम गर्नु पर्छ सरकारको कामको मूल्यांकन गर्ने बेला भइसकेको छैन तर मन्त्रीहरु सस्तो लोकप्रियताका लागि, पत्रिकामा खबर बन्नका लागि हाहा हुुहु गरिरहेको जस्तो देखिन्छ परिणाममुखी काम गर्न मन्त्रीहरुलाई आग्रह गर्दछु जुन जोगी आए पनि कानै चिरिएकोभन्ने जनतामा छाप नपरोस भन्ने कामना पनि गर्छु  


प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतका अगाडि प्रधानमन्त्री केपी शर्मा ओली लम्पसार परेको बताउनु भएछ प्रतिपक्षी भएपछि आलोचना नै गर्नुपर्छ भन्ने परम्परागत मान्यताबाट उहाँले बोल्नु भएको होला


तर मेरो विचारमा प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल खोट लगाउनु पर्ने ठाउँ छै्रन देउवा आफै प्रधानमन्त्री हुँदा भारतमा गएर नेपालमो निजी मामिला संविधान संशोधन गर्छु भनेर फर्किनु भएको थियो आज उहाँ अरुलाई उहाँले लम्पसारवादी भन्नु भएछ  


जहाँसम्म सरकारको मूल्यांकनको कुरा अहिले मूल्यांकन गरिहाल्नु हतारो हुनेछ