13 Baishak, 2075 | 26 April, 2018 Thursday
दुबईमा एक नेपालीको मृत्य
2018-04-16 | तीतोपाटी डट कम

तीतोपाटी डट कम- युएईमा एक नेपालीको हृदयघातका कारण ज्यान गएको रोजगारीका लागि युएई आएका सोलुखुम्बुको नेचा सल्यानका ४८ वर्षिय मिनबहादुर राईको दुबईमा सुतेकै ठाउँमा ज्यान गएको हो  


पाँच वर्षअघि आउनुभएका मिनबहादुर दुबईमा रहेको बर्केली कम्पनीमा क्लिनरको काम गर्नुहुन्थ्यो गएको मंगलबार राती ड्युटी गरेर फर्किएका मिनबहादुरको सुतेकै ठाउँमा ज्यान गएको हो


बुधबार साँझ काममा जाने समयसम्म नउठेपछि उठाउन खोज्दा ज्यान गएको थाहा भएको उहाँसँगै बस्ने साथी योगेन्द्र गुरुङले उज्यालोलाई जानकारी दिनुभयो


सुतेको ठाउँबाट नउठेका मिनबहादुरको हृदयघातका कारण ज्यान गएको अस्पतालले जनाएको शव दुबईमा रहेको अल रसिद अस्पतालमा राखिएको कम्पनीले जनाएको  

मिनबहादुर युएई आएपछि एक पटक पनि नेपाल फर्किनुभएको थिएन पाँच वर्षमा तीन पटक गरेर झण्डै ८० हजार रुपैयाँ पैसा पठाएको छोरी प्रतिमा राईले बताउनुभयो  


मिनबहादुरको परिवारमा बुवाआमा, श्रीमती, छोरी भाइ छन् उहँका श्रीमती नरमाया राई चार वर्षदेखि मलेसियामा हुनुहुन्छ छोरी प्रतिमा अध्ययनको शिलशिलामा काठमाडौंमा बस्नुहुन्छ  

शाभार -उज्यालो अनलाईन