13 Baishak, 2075 | 26 April, 2018 Thursday

(कविता)

कस्तो अचम्मको शब्दमा उत्रीएकी छिन 
उनी-
जति बयान गरे पनि तिर्सना नमेटिने 
हजारौँ पाना कोरेर पनि नसकिने 
सधा उनैका काखमा रहन मन लाग्ने

तिमी त धर्ती हौ
अर्थात तिमी र धर्ती एकै लाग्छ
न कहिले धर्तीलाई दुखाईको महसुस हुन्छ।
न कुनै पीडा।

तिमीमा पनि त्यही अदृश्य क्षमता छ।
र सोच्ने गर्छु 
तिमी यहि धरतीको एक पाटो हौ।

हो महोदय
यो तितो सत्य हो।
संसार देख्ने उनका जोर आँखाले 
सबै रङ्गिन देख्छ 
तर अहं कहिले देख्दैन 
आफ्नै पेटको भोको रङ्ग
बगेनन परेलीको डिल हुँदै एकतमास कर्णाली।

नौं महिना पौडी खेल्दा कति पीडा भयो होला 
जोर पाउले धकेल्दा 
अँह तर 
कहिल्यै दुखो भनिनन 
खाईनन ओखती ।

तर आफ्ना सन्तानका लागि 
घाम,पानी न कुनै थकाइ नै थ्यो 
उनिमा एस्तो शक्ति छ 
जो सब्दमा उतार्न सकिँदैन।

हो,मेरा लागि एउटै शब्द काफी छ 
जो शब्द हो, आमा����'…..............…!!

गोमा कार्की-
झापा बिर्तामोड।
------------------------------------------------
माता तिर्थ औँशि तथा आमाको मुख हेर्ने दिनको सम्पुर्ण आमाहरुलाई सु-स्वास्थ्य, दिर्घायु साथै सुखमय जिवनको हार्दिक मंगलमय सुभकामना ब्याक्त गर्दछु।