तीतोपाटी डट कम- दोहानयाँ बर्ष २०७५ सालको शुभाकामना आदानप्रदान गर्दै अनेसास नवोदितको ८०औ डबली सम्पन्न भएको छ | प्रवासमा रहेर पनि नेपाली भाषाको उत्थान गर्दै आएका यी सस्थाले हरेक महिनाको दोश्रो शुक्रबार आफ्नो नियमित डबली संचालन गर्दै आइरहेका छन | लामो समय देखी चलिआएको डबलीले अझै निरन्तरता पाउने बताउछन कवि तिर्थ संगम राई | नज्मा स्थित गोर्खा रेस्टुरेन्टको सभा हलमा सम्पन्न उक्त डबलीमा तीन दर्जन भन्दा बढी सर्जकले आफ्नो रचना वाचन गरेका थिए |
चन्द्र ‘’धड्कन’’को गजलबाट शुरु भएको डबलीमा निस्चल आशु, मदन चौहान, सुमन सहयात्री, निलम निश्चल, ओम दाहाल, नारायण निर्जल भण्डारी, चक्र कार्की , लिलानाथ घिमिरे, बिन्दा लामा,दीप प्रदीप,बुद्धराज, सन्तोष अधिकारी, ईश्वर राई, विजय फेम्बो, स्वतन्त्र नेपाल, दीप मिलन, बिनोद खड्का, अनिल परिबर्तन, मणि पौडेल, दीलिप पराजुली, तिर्थ संगम राई, प्रेम प्रसाद भट्टराई र लेख कार्कीले गजल, कविता र गीत सुनाएका थिए |
कार्यक्रममा म्याग्दी प्रवासी सेवा समाज कतारका अध्यक्ष रमेश पौडेललाई बिशिस्ट श्रोताको रुपमा राखिएको थियो | कार्यक्रममा नयाँ बर्षको शुभकामना समेत आदानप्रदान गर्दै गजल तथा कविताबाट देशप्रेम, प्रदेशको पिडा र मुग्लानको आत्मियता झल्किने आवाजमा आफ्नो दमदार प्रसतुती दिएको पाहिन्थ्यो | करिब तीन घण्टा चलेको उक्त कार्यक्रममा बिभिन्न पुर्व बिशिस्ट श्रोताको समेत उपस्थिति रहेको थियो |
कार्यक्रमको अन्त्यमा बोल्दै बिशिस्ट श्रोता पौडेलले डबली दोहाको इतिहासमा लामो समय सम्म चलेको साहित्यिक सस्थाले आउने दिनहरुमा अझै प्रगति गर्दै जानेमा बिस्वस्त दिलाए | आफु साहित्यलाई माया गर्ने मानिस भएकोले पनि आउने दिनहरुमा समय मिलेसम्म डबली नछुटाउने बताए | आफुले रचना गरेका केहि कविता वाचन गर्दै नयाँ वर्षको शुभकामना सहित कार्यक्रमको समापन गरेका थिए | कार्यक्रमलाई एकदम साहित्यिक माहोलमा तिलु शर्मा पौडेलले संचालन गरेका थिए | डबलीमा नबोदित साहित्यिक वाचनालयका अध्यक्ष लेख कार्कीलाई मोना कतारले सम्मान तथा पुरुस्कार समेत प्रदान गरेको थियो |
दीलिप पराजुली- दोहा
केही केटाकेटीलाई पुष्पलालको फोटो नहटाई भएन- प्रधानमन्त्री ओली
समृद्ध झापाका लागि अन्तर्राष्ट्रिय झापालीको भेला कतारको दोहामा
साउदी जेलमा रहेका उमेश यादवलाई मृत्युदण्डको फैसला
कतारले १४दिन भित्र कामदारहरूको समस्या समाधान गर्ने
गृह मन्त्रालयद्वारा ६० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरूवा
अब राजश्व पनि अनलाइनबाटै तिर्न पाइने,
‘पोर्चुगलबाटै बिनिताको ७ पुस्तालाई सकिदिने धम्की’
पत्नीपीडित पतिहरुको कथा: घर सम्पत्ति सबै गुम्यो, ज्यान पनि गयो