13 Baishak, 2075 | 26 April, 2018 Thursday
तीतोपाटी डट कम – "जागरूक समाजको खोज, जन-जागृति युवाको सोच" भन्ने नाराका साथ बिगत ९ बर्ष देखी कुवेतको नेपाली समाजमा फरक किसिमका रचनात्मक कार्यहरुका साथ मानबिय साथ-सहयोगमा अग्रणी भूमिका निर्बाह गर्दै आएको जन-जागृति युवा समाज कुवेतले हिजो अप्रिल-१३ तारिक शुक्रबार कुवेतको फर्वानिया स्थित फरवानिया पार्कमा एक कार्यक्रमको अायोजना गरि नयाँ-बर्ष २०७५ को अवसरमा शुभकामना आदान-प्रदान गर्दै नयाँ वर्ष २०७५ को भित्तेपात्रो सार्वजनिक गरेको छ ।

जन-जागृति युवा समाज कुवेतका महासचिव टिकाराम अाचार्यको कार्यक्रम संचालन र अध्यक्ष छत्र कार्कीको सभाध्यक्षतामा सम्पन्न उक्त समारोह सँस्थाका अधिकांश सदस्यहरूको समुपस्थितिमा भएको थियो भने सँस्थामा नवप्रवेश गरेका सदस्यहरूलार्इ स्वागत गर्दै सम्पन्न भएको थियो ।

कार्यक्रममा सँस्थाका महासचिव टिकाराम आचार्यले समाजले स्थापनाकालदेखि  गर्दै अाएका जनचेतना, राहत उद्धार र मानविय सेवाका वारेमा संक्षिप्त जानकारी गराउँदै अघिल्ला वर्षहरूमा सँस्थाको गतिविधि बढी मात्रामा कुवेत केन्द्रित भएकोमा हालैका वर्षहरूमा कुवेतको नेपाली समाजमा कृयाशिल विभिन्न विषयगत, क्षेत्रिय, जातीय संघ सँस्थाहरूले जन-जागृतिको अनुसरण गर्दै कुवेत केन्द्रित सामाजिक सेवाका कार्यहरू गरिरहेकोले अावश्यक्ता अनुसार कर्मभूमि कुवेतमा सेवामुलक कार्य गर्दै हालका वर्षहरूमा नेपालमा गर्दै  अएको सहयोगमा बृद्धि गरेकोले कुवेतको नेपाली समाजमा कम गतिविधि गरेको जस्तो देखिए पनि जन-जागृति युवा समाज अाफ्नै किसिमले कृयाशिल भएर अगाडि बढिरहेको बताए ।

सँस्थका उपाध्यक्ष अानन्द अाचार्य तथा सचिव जीवन सुनारले भित्तेपात्रो सार्वजनिक कार्यक्रममा नयाँ वर्षको शुभकामन दिँदै जन-जागृति युवा समाज कुनै जात, वर्ग, सम्प्रदाय, क्षेत्र वा स्थान विशेषको मात्र नभएर पुर्व मेची देखि पश्चिम महाकाली र उत्तर हिमाल देखि दक्षिण तरार्इ सम्मका जो कोही पनि सामाजिक भावना भएका व्यक्तिहरू अावद्ध हुन सक्ने सँस्था भएकोले सामाजिक योगदान दिन सक्ने जो कोहीलार्इ पनि जन-जागृतिको ढोका खुला रहेको बताए ।
सभाध्यक्ष छत्र बहादुर कार्कीले नया वर्षको भित्तेपात्रो सार्वजनिक गर्दै शुरूवाती दिनमा हालका वर्षहरूमा जस्तो सूचना र संचारको क्षेत्रमा त्यति परिवर्तन नभएकोले प्रवासी जीवनमा नेपाली चाडपर्व, तीथि मिति थाहा पाउन निकै कठिन हुने भएकोले तत्कालिन समयमा अत्यन्त महत्वपुर्ण मानिएको नेपाली भित्तेपात्रो प्रकाशित गरि निःशुल्क वितरण गर्दै अाएकोमा अहिले अाएर सबैका हातमा इन्टरनेट सहितका मोवाइल भएकाले कसैलार्इ चासो नभए पनि जन-जागृतिले रचेको इतिहासलार्इ मेटाउन नहुने भन्दै नेपाली भित्तेपात्रो प्रकाशनलार्इ सँस्थाको वार्षिक कार्यतालिकामा राखेर हरेक वर्ष प्रकाशन गर्दै अाएको बताउँदै जन-जागृतिलार्इ जन्माउने युवाहरू यहाँ स्थित अन्य सँस्थालार्इ हाँक्न समेत सफल भएको बताउँदै नवप्रवेशी सदस्यहरूलार्इ सामाजिक भावना बोकेर सँस्थामा अवद्ध हुनु भएकोमा हृदयदेखि नै स्वागत गर्दछु भन्दै सबैलार्इ नव वर्षको शुभकामना दिएका थिए ।