9 Baishak, 2075 | 22 April, 2018 Sunday

हरी कृष्ण न्यौपाने- करिब २ बर्ष अगाडि घरेलु महिला कामदारको रुपमा कुवेत आएर गम्भिर रोगले ग्रस्त भएर बिचल्लीमा परे पछी कल्याणकारी नेपाली युबा समाज कुवेतको सहयोगमा उपचार गराई रहेकी बाग्लुङकी माया सिन्जाली मगर हिजो एप्रिल १२,२०१८ बिहीवार घर फर्किएकी छिन।

कल्याणकारी नेपाली युबा समाज कुवेतका सचिब रबी बान्तावाले तीतोपाटी डटकम संग भने"माया हिडडुल पनि गर्न नसक्ने र अत्यान्त कमजोर अबस्थामा रहेको जानकारी पाए पछी समाजले उनलाई तत्काल उद्दार गरेर कुवेतको फाहहिल स्थित निजी सिटी क्लिनिकमा भर्ना गरेको थियो।उक्त क्लिनिकले आदान अस्पातल रिफर गरेको तथा अत्यान्तै कमजोर अवस्था र मायालाई क्षयरोग पनि लागेको पत्ता लागे पछी उनलाई अलसभा अस्पातलमा उपचार गराइएको थियो।“

यसै बिच कल्याणकारी नेपाली युबा समाज कुवेतका अध्यक्ष निरज सिह ठकुरीले भने"घरमा काम गर्न गार्हो भए पछी एजेन्टले आफ्नो अफिसमा काम लगाएर समायामा उपचार नगराए पछी अत्यान्तै नाजुक अवस्थामा मायालाई समाजले अस्पातल पुर्याइ बिगत ६-७ महिना देखी निरन्तर सहयोग र रेखादेख गरेको थियो।उनलाई अहिले पूर्ण निको भएर एयर वातानिया मार्फत हिजो एप्रिल १२ तारिक नेपाल फर्काउन सकिएकोमा हामी खुशी छौ।उनले थपे"मायालाई घर फर्कन हवाइ टिकट तथा बाटो खर्च नगद समेत सहयोग गर्ने मगर संघ कुवेत तथा अन्य कानुनी प्रकृयाहरुमा सहयोग गर्ने नेपाली दुताबास प्रती कल्याणकारी नेपाली युबा समाज कुवेत आभारी छ।