9 Baishak, 2075 | 22 April, 2018 Sunday
तिम्रो स्वास्नी र म “(कथा )
2018-04-11 | तीतोपाटी डट कम

तीतोपाटी डट कम- तिम्रो स्वास्नी तिमी नै लैजाउ

साथि तिमी भन्थ्यौ केटी मान्छेको किलकिले हुँदैन मनमा कुरै राख्न सक्दैनन।

तर त्यती बेलै मैले भनेको थिएँ केटी मान्छे धर्ती हो हेर चुपचाप कसरी यतीका बिधि भार थामेर बसेकी छन

तिमी परदेश जाँदा साथिको नाताले मैले तिम्रो घर परिबारको दुख सुख हेर्छु भनेको थिएँ तिम्ले पनि जस्तो साथि पाएको भन्दै मक्ख पर्दै मलेसिया तिर गएका थियौ।

आखिर दुख सम्झेर तिम्ले काम गर्लाउ अनि ति सरलाको जिबन अनि सानी छोरीको जिबन उज्वल बनाउलाउ भन्ने मलाई पनि कम्ती भर लागेको थिएन।

तिमी गए पछि पाँच महिनामै उतै रमाएयौ अनि तिम्रा घरमा कति समस्या परे बाउ आमाले तिम्री स्वास्नीलाई घरबाट निकालिदिए मैले नै कोठा भाडामा लिएँ राखिीदँएँ

सानो काम पनि खोजिदिएँ तिम्री स्वास्नीलाई नाता लगाउँदा भाउजु पर्लिन उनी तर हामी सँगै स्कुलका साथी थियौ त्यसैले मैले सरला नै भन्थेँ त्यो तिमीलाई पहिलादेखी नै भाँति थाह

तिमी नहुँदा तिन्ले पाएको दुखको एक ईन्च पनि बयान गर्न सकेँ भने आफुलाई धन्य सम्झन्छु अहिले

तिम्री स्वास्नी ज्वरोले थला परिन ति सानी छोरीले के नै पो गर्न सक्थिन रुन बाहेक

रुँदै मेरो कोठामा आईन अँकल मामु दुईदिन देखि सुतिराखिस्या

कम्ती क्युट छैनीन तिम्री छोरी के तिम्लाई एक पटक हेर्न अनि बोल्न मन लाग्दैन?

दौडिएर गएँ सरला ज्वरोले कामीरहेकी थिईन मैले मेडिकल लगेँ टाईफाईड भईसकेको रहेछ

सारा दबाई गरेर घर कोठा लगेँ खाना बनाएँ खान दिएँ उन्को लुगा धोईदिएँ कोठामा झाडु कसेर सबै लगाएँ उनिहरुलाई सुताएर फेरी आफ्नै कोठामा आएँ झल झल सम्झन्थेँ तिम्ले भनेका कुरा साथि

तिमी भन्थ्यौ केही भईहालेँ भने ईनिहरुको हेरचाह गर्दिनु है भन्दै तिमी रुँदै छोरीलाई मेरो काखमा राखिदिएको

आफुलाई नकारात्मक सोचबाट टाडै राखी तिमी कतै फसेका छैनौ भनि खोज तलासमा पनि लागेको थिएँ


परदेशको ठाँउ कतै कम्पनि राम्रो परेन कि वा कतै तलब नै पाएनौ कि मेरो मन त्यतै जान्थ्यो

पछि तिमी सँगै काम गर्ने साथिबाट थाह भयो तिमी त्यतै ईन्डो केटी सँग बसेका छौ  रे त्यो सुनेर सरला बौलाह जस्तै भएकी थिईन ,

मैले नै उन्को टाउकोमा हात राखेर नरोउ सबै ठिक हुन्छ भनेको थिएँ एबम रितले महिना बर्ष बिते ठिक भएन साथि तिमी आयौ रेमिट्यान्स आयो खबर आयो

तिमीले एकपटक सोचेनौ त्यो एक लाख रिन को कागज पत्र अनि त्यो जवान स्वास्नी अनि सानी काखे छोरी?

अब सरला रुनै छाडेकी थिईन छोरी पनि अब स्कुल जान्थीन एउटा सिलाईको पसल मैले नै खोलिदिएँ उन्लाई सिलाई आँउथ्यो उनि अब आफैँ ब्यस्त हुन थालिन तर जब तिमी याद आउँथ्यौ उनि रुन्थीन कल्पी कल्पी रुन्थीन

ति सानि बालिकाबाट सँधै मामु रात भर रोईसिन्छ भनेको सुन्न बाहेक केही गर्न सक्दैन्थेँ

एक मन लाग्थ्यो बिहे गर्छु सरला सँग

मलाई राम्रै थाह थियो यदि मैले आँटेँ भने उन्ले नाई भन्दिनन

किन कि मेरो यति गुन थियो उनिमा

तर कसरी आफ्नै साथिको श्रीमती माथि यस्तो सोच्न सक्छु?

मैले कहिल्यै सोचिन फेरी बस मैले दिदी बनाएँ तिम्री स्वास्नीलाई

तिम्रो फोन बारम्बार हर कोई सँग माग्दा पनि पाईएन तिमीलाई चिठि पठाएँ साथि तिम्री स्वास्नीको बेहाल कम से कम भगवान सम्झेर भोली मर्नु पर्छ सम्झेर सबै थोक छाडेर आउ

तिमी आएनौ।

बरु तिम्ले चिठीको प्रतिउत्तर फेशबुक मार्फत श्रीमतीलाई भनेउ जा त्यही आकास सँग मेरो बाटो नहेर

कति सजिलै आफ्नो मनोमानि नाता लगाईदियौ साथि ?

के स्त्रिको नाता लोग्ने स्वास्नी मात्र हो ?

मैले तिम्री श्रीमतीलाई दिदी बनाएको छु।

तिहारमा टिका लगाउँछु मैले तिम्रो फेशबुकमा पठाएको म्यासेज सिन भएर जवाफ आएन

साथि नाता आज गालामा रगत छउञ्जेल हजार होलान भोली गाला चाउरिँदा कोहि हुन्नन मैले लाख सम्झाएँ तर तिमीले एउटै म्यासेजको चिठिकोनै उत्तर दियौ

अब भन मैले मानेको दिदी अनि तिम्री श्रीमतिको बिहे गराईदिँउ ?

तिम्रो घृणित म्यासेज पछी मैले तिमीलाई अब म्यासेज गर्न छाडेँ अब उनैको ईक्छा जे गर्छिन तर अँझै भन्दैछु तिम्रो परिबार मैले अहिले सम्म सम्हालेर राखेको छु आउ सम्हाल

लैजाउ तिम्री स्वास्नी

महेन्द्रप्रसाद पोखरेलएम .पि)