9 Baishak, 2075 | 22 April, 2018 Sunday

बसन्त थापा- कुवेतमा घरको कौसी अथवा घर बाहीर कपड़ा सुकाउने विरूद्ध अब कुवेत सरकारले सशक्त रूपमा कारवाही अभियान सञ्चालन सुरु गर्ने भएको छ। 


हालै कुवेत सरकारले कौसीमा कपड़ा सुकाऊन बन्द गरे संगै कडा कानुन लिएको , कुवेत नगरपालिकाले शहरमा तीव्र रूपमा निरीक्षण गर्दै आएको छ।


कुवेतका प्राय घरहरूमा बाहीर तार लागाई अथवा घर बाहीरको कौसीमा कपड़ा झुन्डाईएको अवस्थामा भेटीएको उक्त घर संगै शहरको सौन्दर्यता निकै फोहोर देखीने भएकोले सोही कार्य रोक्न कुवेत सरकारले सम्पूर्ण अप्रवासीहरूलाई उक्त नियमलाई उलंगन नगर्न आह्वान गरेको छ।


घर बाहीर कपड़ा सुकाएको भेटेमा १९० दफ़ा को कुवेतको संविधान अनुसार सफाई नियम को उल्लङ्घन गर्दछ।


यदि त्यस्तो कोठा वा फ्लैटको कौसीमा कुनै कपडा सुकाएको देखेको या भेंटेको पाईएकोमा १०० देखि ३०० दिनर नगत संगै अन्य सशक्त कारवाही अभियान सञ्चालन गरिएको उक्त नियम संचालन हालै पारित गरीएको आजको खबर अरब टाइम्सले जनाएको छ।