9 Baishak, 2075 | 22 April, 2018 Sunday

तीतोपाटी डटकम - कुवेतबाट नेपालमा समान पठाउने(एयर कार्गो)ब्यवसाय गर्दै आएका बसन्त पुन मगरले कोसेली समुहलाई ल्यापटप सहयोग गरेका छन।
 
हिजो एप्रिल ८ तारिक आईतवार,२०१८ का दिन पुनले कोसेली समुहका अध्यक्ष नबराज पन्थी, तीतोपाटी डटकमका प्रधान सम्पादक हरी कृष्ण न्यौपाने र कोसेली समुहका कोषाध्यक्ष राजन श्रेष्ठलाई भेटेर कोसेली समुहका लागि उक्त ल्यापटप सहयोग गरेका हुन।


 
कोसेली समुहलाई ल्यापटप हस्तान्तरण गर्दै कार्गो ब्यबसायी पुनले भने"सामान्य कामदारका रुपमा कुवेत आएर नेपाली दाजुभाइ-दिदिबहिनीहरुको सेवाको लागि काठमान्डौ एयर कार्गो सन्चालक हुँदा सम्म कोसेली समुहले आफ्नो कम्पनीको बिज्ञापन देखी कुवेतको नेपाली समाजमा समाचारको माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै तपाईंहरुको मिडियाको सहजताको लागि यो ल्यापटप सहयोग गरेको हुँ।"
 
यसै बिच कोसेली समुहका अध्यक्ष नबराज पन्थीले काठमान्डौ एयर कार्गोका सन्चालक बसन्त पुन मगरको सहयोगका लागि कोसेली समुहको तर्फबाट आभार ब्यक्त गरेका छन।