13 Baishak, 2075 | 26 April, 2018 Thursday
गजल - सपना कोइराला
2018-04-08 | कोसेलीन्युज

गजल

आकास नहुंँदो हो त रात, रात हुने थिएन।

जून र ताराको मिठो मुलाकात हुने थिएन।


कांँडा नहुंँदो हो त गुलाफ,गुलाफ नहुदो हो,

सब चिजको आ-आफ्नै औकात हुने थिएन।


कहिल्यै दुखेसो पोखेन सारङ्गी रेटिदा पनि,

आफै चुंँडिनु उसैमा खास बात हुने थिएन।


गल्ती त्यो किनारको हो नदीलाई अङ्गाल्नु,

हिउंँदमा एक्लो अनि बर्षातमा लात हुने थिएन।


नजिस्काए हुन्थ्यो वतास उसलाइ छोए भनि,

 हावाको स्पर्श पनि यता आत्मघात हुने थिएन।


सपना कोइराला