9 Baishak, 2075 | 22 April, 2018 Sunday
गजल - सपना कोइराला
2018-04-07 | तीतोपाटी डटकम


गजल

परदेशियो नमेटिदै प्रसव पीडाका खतहरू ! 
प्रिया सकभर गर्छिन् जतन मायाकै इमारतहरू । 

रिस रागमा तेरो मेरो भन्दै कति जल्छ मान्छे ? 
जसले पनि मर्दा सबै छोड्ने न हो दौलतहरू ! 

छोटो लुगा मात्रै कारण हैन नारी लुटिनुको !
कहाँ रक्षा होला सधैं साडीमा चैँ इज्जतहरू ! 

ढुङ्गामा जो भगवानको जीवन कोर्न लागिपरे 
मन्दिरतिर तिनैमाथि देख्छौँ घृणित हविगतहरू !

यी दुई आँखा नभेटे नि मिलेरै काम् गरेका छन् । 
आफ्नै मनले बुझे मात्रै सुधारिन्थे आदतहरू ।

सपना कोइराला