13 Baishak, 2075 | 26 April, 2018 Thursday
गुलाम नबी मन्सुर- हाल तराई मात्र नभएर सिंगो देशको अधिकांश ठाउँमा, बलात्कार, हत्या, अपहरण जस्ता घटनाहरु दिनानुदिन घट्न गएको हुनाले जनजीवन त्रासदीपूर्ण भएको छ । 

आफुलाई जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समुहको बताउने प्रमोद बैठाले बारम्बर फोन गरी पच्चिस लाख माग्ने गरेको र नदिए अपहरण गरी ज्यान मार्ने धम्कि समेत दिएको सर्लाह हरिवनका मेयर गणेश प्रसाईंले प्रहरी समक्ष जानकारी गराए । आफुलाई मात्र यस्तो धम्कि आउँदा त बेवास्ता गर्दै बसे तर सर्लाही का अर्का ४ को विधायक बिरेन्द्र प्र. सिंहलाई समेत फोन गरी पैसा माग्ने र पैसा नदिए ज्यान मार्ने धम्की दिएपछि प्रसाईं चुप लागेर बस्न सकेनन् ।

यस्ता अपराधीलाई खोरमा नथुने अपराधीहरुको मनोबल अझै बढ्ने देखेर बैठा लगायत उनको गिरोहहरुलाई पक्राउ गर्न प्रहरीलाई सुझाब दिए लगतै प्रहरीले पक्रउ गरी सार्वजनिक गरे । 

  मेयर प्रसाईंलाई पैसा माग्ने र अपहरण गर्छु भनेर बारम्बार धम्कि दिएका छब्बिस बर्षिय बैठालाई मलंगवा नपा. ८ बाट आइतबार पक्राउ गरी  प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका छन् । रौतहट पर्सा जिल्ला देबही गोनाही गाउपालिका वार्ड नम्बर ६ बस्ने नन्दलाल बैठाका छोरा थिए । 
कुख्यात अपराधी बैठाले यस अघि पनि सर्लाही जिल्ला हरिवन नगरपालिका-११ घर भएका महाबिर तामाङ्गलाई गोली हानी हत्या गर्ने प्रयाश गरेका थिए तर संयोगवस त्यो गोली कोखमा नलागी पाखुरामा लागेको हुनाले उनी बच्न सफल भएका थिए । 

बैठामाथि ज्यान मार्ने उद्योग, अपहरण सम्बन्धि मुद्दा दर्ता भई अनुसन्धान अघि बढाइ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । बैठालाई पक्राउ गरे गलत्तै उक्त गिरोहका अन्य नाइकेहरु राता-रात भूमिगत भएका छन् । 

यसैगरी बालबालिकाहरुलाई पनि अपहरण गरी भारततर्फ लगेर बिक्री गर्ने र तिनीहरुको मृगौला निकाली बेच्ने अर्को आतंकले पनि तराई जनजीवन अशान्त रहेको छ । स्कुल तथा बोर्डिङ स्कुल गएका बच्चाहरु घरमा नआएसम्म बाबा आमा चिन्तित हुने अवस्था छ । 

तराईमा मात्रै नभएर नेपाल अधिराज्य भरी बलात्कारको घटनाले पनि अर्को त्रासदीपूर्ण वातावरण बनाएको दिनानुदिन समचारमा हेड लाइनमा स्थान नपाएको दिन सायदै कमै होला । यस्ता अपराधहरु राजनीतिक आडमा हुने गरेको देखिन्छ । कुनै हत्यारा वा अपराधीहरु पक्राउ पर्यो भने छुटाउन नेता नै कसिन्छ जसले गर्दा मैले गल्ति गरेपनि मलाई छुटाउने छन् भनेर उन्मत्त भई यस्ता विविध जघन्य अपराधहरु हुने गरेको छ । 

देशका कडा कानून बनाएर कार्वानयन गर्ने हो भने यस्ता अपराधहरु न्युनिकरण हुनेमा आम नागरिकको बुझाई छ । तर यस्ता घटनाहरु दिनहुँ वृद्धि हुँदा पनि सरकारले कुनै उपाय र निराकरण गर्न नखोज्नुको कारण के हो ।

जनतालाई शान्ति सुरक्षा र देश विकाश गर्छु भनेर घण्टौं भाषण गर्ने नेताहरुले चुनाबको लागि जनतालाई झुटो आश्वासन मात्र पस्केर हुन्छ । शान्ति सुरक्षाको प्रत्याभुति नहुने हो भने दिन दुई गुणा र रात चौगुणा अपराधका  घटनाहरु बढ्दै जान्छन् ।

दैनिक जसो बलात्कारका घटनाहरु वृद्धि भएका छन् । खासगरी वैदेशिक रोजगारीमा युवाहरु पलायन भएपछि उक्त घरमा रहेका एकल महिला तथा अशक्त परिवारहरु यस किसिमको निशानामा परेका छन् । यस्तो घटनाहरुलाई निराकरण गर्ने उपाय के छ सरकार ?  जनता जान्न चाहन्छन्  ।