13 Baishak, 2075 | 26 April, 2018 Thursday

बसन्त थापा- बिक्रम संवत २०७४ को विदाई संगै नया वर्ष २०७५ को भव्य रूपमा स्वागत गर्न नेपाल कुवेत सरोकार समाजले यही एप्रिल १३ तारिक शुक्रवार का दिन कुवेतको सिटी जिलिब स्थित 

नट्टीघाम ब्रिटिश स्कूलमा कार्यक्रमको तयारी पुरा गरेको छ।


नेपाली नव वर्ष २०७५ को अवसर पारेर नेपाल कुवेत सरोकार समाजले विशेष संगितिक नया वर्ष मेगा म्यूज़िक सो तथा नया वर्षको शुभकामना आदान प्रदान आयोजनाको    सांगीतिक कार्यक्रम सम्पूर्ण तयारि पुरा भएको बताएको l 


''समाज देश निर्माणको लागी युवा एकता'' भन्ने मुल नाराका साथ स्थापना उक्त शंस्थाको यो कार्यक्रम भने दोश्रो पटक रहेको हो। 


स्थापना काल देखी शंस्थाले कुवेतमा रहेर बिभिन्न उद्धार कार्यहरू गर्दै आएको छ।


यहि एप्रिल १३ तारिखमा आयोजना हुने उक्त सांगीतिक कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकार (लोक दोहोरि गायिका तथा मोडल ) ज्योति मगर रहेकी छिन भने (पंप गायक) बिजय लामा, कुवेत आउने रहेका छन भने , उक्त कार्यक्रममा स्थानीय कलाकार हरूको पनी बेजोड़ प्रस्तुति रहने आयोजक टीमले जनाएको l  


नेपाल बाट कलाकार हरु यहि एप्रिल ११ तारिख दिऊसको बजे कुवेतको अन्तराष्ट्रीय विमानस्थल आइपुग्ने छन् l


"हामीले कुवेतमा  बिशुद्व परोपकारी भावना लिएर  सिंगो देश  गौरब बढाउने उदेस्यका साथ् कार्यक्रम गर्न लागेको  यहाहरु सबैलाई जानकारी नै l तसर्थ कार्यक्रमलाइ पूर्ण रुपामा सफल बनाउन  यहाहरुको साथ समर्थनको ठुलो अपेक्षा राखेको छु " तीतोपाटी डट कम सँग कुराकानीमा मंचका अध्यक्ष दिल स्यांगबोले बताए l