9 Baishak, 2075 | 22 April, 2018 Sunday

तीतोपाटी डट कम- दार्चुलामा तीन आर्थिक वर्षमा १६ वटा बलात्कारका घट्ना घटेका छन् जिल्ला प्रहरी कार्यालयका अनुसार २०७१।०७२ देखि यस आर्थिक वर्षको यस अवधिसम्म जबरजस्ती करणी जबरजस्ती करणी उद्योगका ८।८ वटा घटना भएका छन् हरेक वर्ष जिल्लामा बलात्कार जन्य अपराधका घट्नाहरु बढ्दै गएका छन्


जबरजस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान कार्ययोजना २०७४ को बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले भन्नुभयो, बढ्दै गएको घट्नालाई न्यूनीकरण गर्न के गर्न सकिन्छ, भन्न यो कार्यक्रम गर्न लागिएको हो



जिल्ला प्रहरी कार्यालय अनुसार आर्थिक वर्ष २०७१।०७२ मा जबरजस्तीकरणी जबरजस्ती करणी उद्योग , आर्थिक वर्ष ०७२।०७३ मा जबरजस्ती करणी जबरजस्ती करणी उद्योग , आर्थिक वर्ष ०७३।०७४ मा जबरजस्ती करणी , तथा आर्थिक वर्ष ०७४।०७५ को यस अवधिसम्म जबरजस्ती करणी जबरजस्ती करणी उद्योगका वटा मुद्धा दर्ता भएको आर्थिक वर्षको महिनामा वटा घट्ना घटे, उहाँले भन्नुभयो, विगतको तुलनामा हरेक वर्ष घट्ना बढ्दो देखिन्छ


गृह मन्त्रालयले देशभर जबरजस्तीकरणी अपराध बढ्दै गएको भन्दै देशभर अनुसन्धान तथा नियन्त्रण कार्यक्रम गर्न निर्देशन गरेको हो जिल्ला प्रहरी कार्यालयले पहिलो दिन जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान तथा सरोकारवाला माझ कार्यक्रम बारे जानकारी गराएको सबै प्रहरीलाई अपराध अनुसन्धान तथा नियन्त्रण अभियानबारे प्रशिक्षण गरिनेछन् यस्तै विद्यालय क्याम्पस स्तर स्थानीय तहहरुमा यस्ता कार्यक्रम गर्न सहभागिले सुझाव दिएका छन्


पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, मोबाइलका कारण सामाजिक विकृती यौनजन्य अपराधका घट्ना बढेका देखिन्छन, जिल्ला समन्वय समिति प्रमुख करबीरबहादुर कार्कीले भन्नुभयो, बालबालिकामा परेको प्रभाव कमगर्न तथा यस्ता कानुनी कुराबारे स्थानीय तहहरु सँग कार्यक्रम गर्न समन्वयकारी भूमिका खेल्छु


प्रहरीका अनुसार जिल्लामा अशिक्षा चेतना अभाव, गरिबी, सामाजिक सांस्कृतिक कारण लगायतले गर्दा यस्ता घट्ना घट्ने गरेका छन् सानै उमेरमा विवाह गर्न लगाएर समाजले नै बालबालिका यौन पराधमा लगाउने गरेका छन्, डिएसपी शाहीले भन्नुभयो, १६ वर्ष मुनि नै बालबालिकाको विवाह गर्नु भनेको सामाजिकले सामाजिक अपराध गर भन्नु जस्तै हो अहिलेसम्म जिल्लामा बालविवाहको उजुरी परेको छैन तर बालविवाह धेरै देखिन्छ


यसैगरी राजनीतिक कारण पनि यौन अपराध भएका छन् घट्ना घटेपछि उजुरी गर्ने चलन छैन राजनीतिक आवरणमा मिलापत्र गराउनेदेखि प्रहरी प्रशासनसम्मै दबाब दिने परिपाटी अन्त्य हुुनुपर्छ खुला सीमाना पश्चिमी संस्कृतिको प्रभावका कारण पनि यस्ता जबरजस्तीकरणी अपराधका घट्ना घटेको पाइन्छ


महिला अधिकारकर्मीहरुले पनि यस्ता चेतनामूलक कार्यक्रम विद्यालय उमेर समूहका बालबालिकादेखि अभिभावकसम्मलाई दिइनुपर्नेमा जोड दिएका छन्